Print

आधुनिक गीत प्रताडित बजारमा

२५ भदौ, काठमाण्डौं । लोकदोहोरीको बजारमा एकछत्र राज गरेका पर्बतका स्रष्टा कस्तुप पन्त यतिबेला आधुनिक गीत मार्फत् सांगीतिक बजारमा आएका छन् ।

आशिष सुवेदीको शब्दमा पन्तको संगीत रहेको आधुनिक गीति एल्बम प्रताडित यतिबेला बजारमा आएको छ। विशेष गरी लोक संगीतको क्षेत्रम दख्खल राख्ने पन्तका फूलको थुङ्गामा, धोका दिनेलाई के भनाैँ र खोई, तस्वीरै झलल, एकोहोरो हुँदै थिए म, भन्थ्यौ एक्लै रुनु पर्दैन, मायाले दुनिया जलाउने, धौलागिरीमा, गंगाजीको पानी, जोबन फिरिको, आसु झरिरहे, जवानीमा धक्का, चरी बस्यो नियाली गाजैमा जस्ता थुप्रै लोक दोहोरी गीत चर्चमा छन् ।

पछिल्लो समय आधुनिक संगीतमा पनि उत्तिकै सक्रिय रहेका पन्तकाे यो पहिलो आधुनिक कोसेली भने होइन। उनका बिर्सेको त छैन, झुटो रैछ, तिमी बस्ने मुटु, यो  मनमा, यो धर्तीमा जस्ता अरु थुप्रै गीत पनि चर्चामै रहेका छन्।

स्रष्टा पन्तले प्रताडितलाई  आफ्नै छोराको जन्मदिनको अवसर पारेर मंगलबार मात्रै सर्वाजनिक गरेका हुन्।

सुवेदीको शब्द, पन्तको संगीत र प्रमोद खेरलको आवाज रहेको यो संगीतिक कोसेलीलाई पन्तले आफ्नै म्युजिक कम्पनी सारथीबाट बजारमा ल्याएका छन् । भने कस्तुप पन्त युट्युब च्यानल फार्फत सार्वजनिक गरेका छन्।