११ असार, पर्वत । जलजला गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा कृषि, पर्यटन र पूर्वाधार क्षेत्रमा लक्षित गरिएको छ । गाउँपालिका अध्यक्ष यामबहादुर मल्लद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा विदेशबाट फर्केकाहरुलाई बाँझो जमिनमा फलफुल र तरकारी खेती गर्न प्रोत्साहित गरिने कुरा उल्लेख गरिएको छ । यस्तो कार्यका लागि आवश्यकताका आधारमा जमिन भाडामा लिएर भए पनि खेती गर्न उनीहरुलाई प्रोत्साहिन गरिनेछ ।
नीति तथा कार्यक्रममा भनिएको छ–‘गाउँपाकिला भित्र रहेको कृषियोग्य नीति बाँझ भूमिामा तरकारी, फलफूल अन्य खेती गर्ने कृषकलाई प्रोत्साहन स्वरुप विभिन्न सहयोग उपलब्ध गराईनेछ’ अध्यक्ष मल्लले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विदेशबाट फर्किएका बेरोजगार युवाहरुलाई प्राथमिकता दिई जग्गा उपलब्ध हुन नसकेमा गाउँपलिकाले जग्गा लिजमा लिन सहजीकरण गरिने कुरा समेत उल्लेख गरिएको छ ।
कृषि योग्य भूमिको माटो परिक्षण, पशु स्वास्थ्य तथा परामर्श सेवा र कृषक अनुदान नीतिलाई पनि निरन्तरता गाउँपालिकाले दिएको छ ।




