Print

आर्थिक अवस्था राम्रो भएकाले कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा बस्दा खर्च ब्यहोर्नुपर्ने

११ असार, पर्वत । जिल्लाको ठूलो नगरपालिका कुश्मा नगरपालिकाको आगामी बर्षको नीति तथा कार्यक्रममा कोभिड नियन्त्रणका लागि नगरपालिकाको क्वारेन्टाइनमा बस्नेले शुल्क तिर्नुपर्ने कुरा उल्लेख गरिएको छ । छैटो नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख रामचन्द्र जोशीले आर्थिक अवस्था राम्रो भएकाहरु क्वारेन्टाइनमा बस्दाको खर्च ब्यहोर्नुपर्ने कुरा उल्लेख गरेका छन् ।

सर्वसहमत रुपमा पारित गरिएको उक्त नीति तथा कार्यक्रममा ‘आर्थिक अवस्था राम्रो भएका तथा आफ्नो खर्च आफै ब्यवस्थापन गर्न सक्ने नागरिकले नगरपालिकाले तोकेको क्वारेन्टीनमा बस्दा लाग्ने खर्च समेत आफै ब्यहोर्नु पर्नेछ’ भन्ने कुरा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा विपन्न तथा गरिब असहयका लाागि यस्तो खर्च ब्यवस्थापन नगरपालिकाले न ै गर्ने नीति लिइने कुरा पनि उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा कुश्मा नगरपालिका वडा न ४, ६ र ७ मा आधाभूत स्वास्थ्य संस्था स्थपना गरिने कुरा उल्लेख गरिएको छ । यसैगरी ठूलिपोखरी स्वास्थ्य केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्दै कोभिड नियन्त्रण र रोकथामका लागि प्रयोग गरिने कुरा पनि उल्लेख गरिएको छ ।

नगरपालिकाले १ नम्बर वडा पाङमा पोलिटेक्नीकल इन्स्टिच्युट समेतको स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।