Print

कोरोना प्रभाव : पर्वतमा नागरिकता र राहदानी वितरण कार्य बन्द

९ चैत, पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले नागरिकता, राहदानी र पेन्सन सिफारिस कार्य बन्द गरेको छ । कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न भन्दै प्रशासन कार्यालयले एक विज्ञप्ति निकाल्दै अत्यावश्यक बाहेकका सेवा हालका लागि बन्द गरेको हो ।

संघिय सरकारले सरकारी कार्यालय खुल्ला रहने भए पनि अत्यावश्यक सेवा वाहेकका कार्य हालका लागि बन्द गर्ने निर्णय गरेसंगै प्रशासन कार्यालय पर्वत नागरिकता, राहदानी र पेन्सन सिफारिस आगामी चैत्र २१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारीले अत्यावश्यक बाहेकका काममा समेत सर्वसाधरणमालाई घर नछाड्न अनुरोध गरेका छन । उनले कुनै विपत्ति वा प्रकोप आइलागेमा जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयलाई सम्पर्क गर्न अनुरोध समेत गरेका छन ।

साथै जिल्ला स्थित सरकारी कार्यालयहरुमा समेत अत्यावश्यक बाहेकका सेवा बन्द भएका छन । कार्यालयहरुले केहि दिनका लागि नियमित काममा कार्यालय नआउन समेत अनुरोध गरेका छन ।