Print

मनसुन सक्रिय : पर्वतका ग्रामीण सडकहरु अवरुद्ध

२७ असार,पर्वत ।  मनसुन सक्रिय भएर बर्षात शुरु भए लगतै पर्वत जिल्लाका ग्रामीण सडकहरु अवरुद्ध बनेका छन । निरन्तरको बर्षातसंगै कच्चि सडकहरु अवरुद्ध बनेका हुन । जिल्लाका ७ वटा स्थानीय तहहरु मध्ये पैयू, विहादी र महाशिला जोड्ने सडकहरुका यात्रा सकस पूर्ण बनेको छ । जिल्ला सदरमुकाम कुश्मा बजार देखि तिन वटै गाउँपालिका पुग्न वैकल्पिक सडक प्रयोग गर्न स्थानीय बाध्य बनेका छन । बर्षातका कारण दोविल्ला–फलेवास–लुंखु–हुवास सडक अवरुद्ध बनेकोछ ।

उता, कालीगण्डकी लोकमार्गको फलेवास ढिक–बाच्छा–बर्राचौर सडकको यात्रा समेत कष्टकर बनेको छ । बर्षातका कारण बर्राचौर–रानीपानी–भुषालचोक सडक अवरुद्ध छ ।उक्त सडक बर्षात शुरु हुनै लाग्दा स्नरोउन्नती भएका कारण अवरुद्ध बनेको हो । सडक यसैगरी निर्माणकै चरणमा रहेको लमायखोला–लुंख सडक पनि हिलाम्मे बनेको छ ।

सडक हिलाम्मे हुँदा सवारी साधन चल्न सकेका छैनन । उता, कार्किनेटा देखि खोला –ठुलिपोखरी–दोविल्ला सडकको कार्किनेटा–खौला सडक पनि अवरुद्ध बनेको छ । जिल्लाको मोदी गाउँपालिकामा खोलाहरुमा बहाव बढ्दा तिलाहार, चित्रे र राम्जा पुग्ने सडकमा समेत यात्रा सककपूर्ण बनिरहेको छ । चालु बर्षमा अधिकांश सडकहरु पक्कि बनाउने गरी स्तरोउन्नतीको काम शुरु भएका कारण बर्षातको असरले सडकहरु अवरुद्ध बनेका हुन ।

घाम लाग्दा सवारी साधन चल्ने र बर्षातसंगै सडक बन्द हुने गरेका छन । असारको अन्तिम साता देखि मनसुन सक्रिय भएसंगै ग्रामीण सडकको यात्रा थप कष्टकर बन्न थालेको छ । सदरमुकाम कुश्मा देखि फलेवास मुकामसम्मको सडक भने सुचारु छ । उता, जलजला गाउँपालिकाका सडकहरु पनि आंशिक रुपमा सञ्चालनमा छन ।