Print

मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलबाट प्रस्तुत आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम

मोदी गाउँपालिकाको पाँचौं गाउँसभामा
मोदी गाउँपालिकाका अध्यक्ष श्री प्रेम शर्मा पौडेलबाट प्रस्तुत
आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम

गाउँ सभाका सदस्यज्युहरु,
गाउँको विकास र समृद्धिका लागि स्थानीय तहहरु सञ्चालनमा आई संघीय लोकतान्त्रीक गणतन्त्र संघीय, प्रदेश तथा स्थानीय तहहरु गाउँपालिका, नगरपालिका संस्थागत भएका छन् । जनमतद्वारा स्थापित भएको गाउँ सभाको “मोदी गाउँपालिकाका विकासका पाँच आधार , जल विद्युत, कृषि, पर्यटन, पर्यावरण र भौतिक पूर्वाधार” भन्ने मूल मन्त्रका साथ पाँचौँ गाउँसभामा यस गाउँपालिकाको अध्यक्षका हैसियतले मोदी गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरव महशुस गरेको छु ।
. राष्ट्रलाई निरङ्कुश सामान्ती शासनप्रणलीको अँध्यारो युगबाट जनताका प्रतिनिधिमार्फत राज्य संचालन गर्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उज्यालो युगमा पुर्‌याउने क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति श्रद्धाञ्जली ब्यक्त गर्दछु । राष्ट्रियता, राष्ट्रिय हित एवं स्वाभिमान, लोकतन्त्र र जनजीविकाको आन्दोलनको नेत्तृत्व गर्नुहुने अग्रजहरु प्रति उच्च सम्मान ब्यक्त गर्दछु, नेपाली समाजको रुपान्तरणमा उहाँहरुले पुर्‍याउनुभएको योगदानको स्मरण गर्न चाहन्छु ।
हाम्रो गाउँपालिका प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले भरिपूर्ण छ । समाजको उत्पत्ति, वनोट, सभ्यता र संस्कृतिको विकास समेत विविधतापूर्ण छ । यी हाम्रा साझा सम्पत्ति हुन् । यो यथार्थतालाई आत्मसात गरी सामाजिक एवम् साँस्कृतिक समानता र सहिष्णुतामा एकताबद्ध, सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने मोदी गाउँपालिकाले नीति लिएको छ ।
सबै प्रकारका वर्गिय, धार्मिक, लैङ्गिक तथा जातिय विभेद, वञ्चितीकरण र असहिष्णुताको अन्त्य गरी समन्यायिकरुपमा समृद्ध समाज निर्माण गर्ने मोदी गाउँपालिकाको नीति रहेकोछ । अवसरमा पछि परेका र पछाडि पारिएका समुदाय, क्षेत्र, लिंग र वर्गलाई विकासको मूल प्रवाहमा ल्याउन यस गाउँपालिका दृढ रहेको छ । छुवाछुत प्रथा जस्तो मध्यकालीन सामन्ती सोच र विचारलाई बदल्न गाउँपालिकाले जागरणमूलक कार्यक्रमहरु विभिन्न सामाजिक संघसंस्थाहरुको सहयोगमा सञ्चालन गर्नेछ । यसलाई सामाजिक अपराधको दायराभित्र ल्याउन गाउँपालिका प्रतिबद्ध छ ।
हामी सुशासन, विकास निर्माण र आर्थिक समृद्धिका लागि सहमतिका साथ अघि बढ्न प्रतिबद्ध रहेका छौं । यो प्रतिबद्धता पुरा गर्न गाउँपालिका सबै राजनैतिक दल, नीजि क्षेत्र, नागरिक समाज र सञ्चार जगतको साथ एवम् सहयोगको लागि आव्हान गर्दछौं । हामी निरन्तर रुपमा नागरिकसंग अन्तर सम्बाद गर्दै अधिकार सम्पन्न र सक्षम गाउँपालिका बनाउन चाहन्छौं । मोदी गाउँपालिकाका विभिन्न वडाहरुमा गठित टोल विकास सँस्थाहरुको संस्थागत विकास र उनीहरुको योजना तर्जुमा, कार्यान्वयन, सुशासन र सामाजिक विकास सम्बन्धी क्षमता विकास तथा सञ्चालनका लागि क्षमतावान बनाईनेछ ।
गाउँपालिकाको विकास र समृद्धि हासिल गर्न नागरिक अधिकार, सबैलाई समान अवसर, मजवुत सुरक्षा र सम्मान सहितका स्तम्भमा आबद्ध गराउँदै सबल र समृद्ध गाउँपालिका निर्माण गरी समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय अभियानलाई अनुभूत देखिने गरी सार्थक बनाईनेछ ।
हाम्रो विकास प्रतिको सकारात्मक सोचले आर्थिक र सामाजिक क्षेत्रमा रुपान्तरण ल्याउनेछ । दिगो विकास लक्ष्यहरु र समृद्धिका आधारलाई पूरा गर्ने विकास नीति, कानून, संस्था, जनशक्ति, स्रोत र साधन, सहभागिता, सेवा प्रवाह, अनुगमन र मूल्याङ्कनका क्षेत्रमा ध्यान दिइनेछ । वर्तमान पुस्ताले नै अनुभूत गर्ने गरी विकास र समृद्धि हासिल गर्ने तर्फ केन्द्रित हुने नीति तर्जुमा गरिनेछ ।
  समाजबाद उन्मुख अर्थव्यवस्थाको लक्ष्य र उद्देश्य हासिल गर्नका लागि यो नीति तथा कार्यक्रमले मार्गनिर्देश गर्नेछ । आर्थिक विकासमा सहभागी हुने, योगदान गर्ने र प्रतिफल प्राप्त गर्ने अवसर गाउँपालिकाभित्रका सबै नागरिकलाई समन्यायिक रुपमा उपलब्ध गराईनेछ ।
सवल र समृद्ध गाउँपालिका निर्माण गर्नका लागि आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रमले संवैधानिक व्यवस्था, स्थानीय तहको अधिकार सूची, नेपालले अन्तर्राष्ट्रिय स्तरमा जनाएको दिगो विकास लक्ष्यहरु, संघीय आर्थिक नीति र प्रदेश सरकारले आर्थिक वर्ष २०७६र७७ मा लिएका नीति तथा कार्यक्रमलाई मार्गदर्शनको रुपमा लिइएको छ । यो आर्थिक वर्षलाई मोदी गाउँपालिकाले सुदृढ व्यवस्थापनका लागि आर्थिक संमृद्धिको तेस्रो वर्षको रुपमा कार्यान्वयन गरिनेछ ।

गाउँ सभाका सदस्य ज्यूहरु

गाउँपालिकाका समृद्धिको आधार र लगानी मैत्री वातावरण

  गाउँपालिकामा लगानी मैत्री वातावरणको सिर्जना गरिनेछ । उर्जा, पर्यटन, कृषि, वन, उद्योग र भौतिक पूर्वाधार विकासलाई आर्थिक समृद्धिको इन्जिनको रुपमा विकास गरिनेछ । साथै उच्च र तत्काल आर्थिक प्रतिफल प्राप्त हुने क्षेत्रमा नीजि र सहकारी क्षेत्रको लगानीलाई प्रोत्साहित गरिनेछ । प्रदेश सरकारको सहलगानीमा उद्योग ग्राम स्थापना गरिने छ । मोदी खोला र कालीगण्डकीको सेरोफेरो रहेको स्थानीय तहहरुको सहकार्यमा मोदी(काली आर्थिक कोरिडोरको निर्माणका लागि पहल गरिने छ ।
  मोदी गाउँपालिकाले संघीय सरकारको सहलगानीमा पच्चीस शैयाको सामुदायिक अस्पताल निर्माणको थालनी गरिने छ ।
ज्ञद्द. आन्तरिक र विदेशी पर्यटक भित्र्याउन होमस्टेलाई सवलीकरण गर्दै, पर्यटन पूर्वाधार तथा जनजातीय संस्कृतिको विकास गर्ने र नयाँ गन्तब्यहरुको विकास गरी पर्यटक मैत्री वातावरण सृजना गर्ने, गाउँपालिकामा भ्यू–टावर, सांस्कृतिक संग्रहालय, पार्क र अन्य पर्यटकीय संरचनाको निर्माण गरिने छ ।

अर्थतन्त्रको आधारः पर्यटन र पूर्वाधार
पर्यटन क्षेत्रको एकिकृत विकास गर्न स्पष्ट कार्ययोजना सहितको पर्यटन विकास गुरुयोजना तयार गरिनेछ । साथै आवश्यकता अनुसार पर्यटन पूर्वाधारको डि।पि।आर।समेत तयार गरिने छ
. धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थलको संरक्षण र पूर्वाधारको विकास गरिनेछ । पर्यटकीय पूर्वाधारको विकास निर्माण गर्दा वातावरणीय संरक्षण गर्ने नीति लिइनेछ ।
. पर्यटन व्यवसायको विविधीकरण र विस्तारबाट नागरिकको जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि गर्दा पर्यापर्यटन र ग्रामीण पर्यटनमा जोड दिइनेछ । कम्तिमा १६ वटा वस्तिलाई नमूना पर्यटकीय गाउँको रुपमा विकास गरिनेछ ।
विभिन्न ग्रामीण पर्यटन केन्द्र, होमस्टे, पदमार्ग र यात्रालाई संरक्षण, सम्बर्द्धन सौन्दर्यीकरण र विकास गर्दै पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिनेछ ।
. पर्यटन व्यवसायको बजारिकरण गर्न आधुनिक सूचना प्रविधिको उपयोग गरिनेछ । पर्यटक आकर्षणका लागि प्रचार प्रसार तथा सूचनाको प्रवाह गर्न पर्यटन सेवा सूचना केन्द्रको स्थापना गर्दै लगिनेछ ।

उज्यालो गाउँपालिकाका लागि उर्जा विकास
संघ, प्रदेश, गाउँपालिका र नीजि क्षेत्रको सहभागितामा जल विद्युत उत्पादनलाई प्राथमिकता दिइनेछ ।
. गाउँपालिकाका सबै नागरिकमा विद्युतको पहुँच पुर्‍याउन जलविद्युत तथा वैकल्पिक ऊर्जाको माध्यमबाट उज्यालो गाउँपालिका कार्यक्रम कार्यान्वयनमा जोड दिइनेछ । आगामी दुई वर्षभित्र विद्युतको पहुँच नपुगेका घरधुरीहरुमा विद्युत सेवा पुयाइनेछ ।
. पूर्णरुपमा विद्युतीकरण भैसकेको यस मोदी गाउँपालिकामा सामुदायिक विद्युतीकरण अन्तर्गतका केही काठेपोल प्रयोग भएको र ती जीर्ण भैसकेकोले काठेपोल विस्थापनको नीति लिइने छ ।
. पूर्णरुपमा विद्युतीकरण भैसकेको यस मोदी गाउँपालिकामा सामुदायिक विद्युतीकरण अन्तर्गतका केही काठेपोल प्रयोग भएको र ती जीर्ण भैसकेकोले काठेपोल विस्थापन गर्ने काम यसै वर्ष सम्पन्न गरिने छ ।

कृषि, पशुपालन, फलफुल खेती र सिंचाई समृद्धिको उचाई
कृषि र पशुपंक्षी उत्पादनलाई दोब्बर गर्नका लागि कृषि क्षेत्रको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति, रणनीति तथा योजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
दुध, अण्डा, माछा, मासु, सुन्तला, अदुवा र अलैचीलाई उत्पादन बृद्धि गर्न गाउँपालिका र अन्य सहयोगीहरु विच साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ । साथै एक वडा एक संकलन केन्द्र र ढुवानिको लागि अनुदानको ब्यवस्था गरिने छ ।
कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषक समूह, कृषि उद्यमी, कृषि कम्पनी र कृषि सहकारीलाई कृषि आय र प्रतिफलका आधारमा अनुदान प्रोत्साहन गरिनेछ ।
. सार्वजनिक नीजि साझेदारीमा एक वडा एक नमूना व्यवसायिक कृषि तथा पशु विकास कार्यक्रम र एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने नीति लिईनेछ ।
. पर्यटन सेवाका लागि आबश्यक पर्ने अर्गानिक उत्पादन, जडीबुटी खेती, संकलन र प्रशोधन उद्योगको स्थापना गर्ने नीति लिइनेछ । बाँझो जमीनलाई ब्यवस्थापन गर्न जडिबुटी खेतीलाई प्रोत्साहन गरिने छ ।
. कृषि र पशुपालनमा नमुना व्यवसायिक फर्म सञ्चालन गरिनेछ । युवा कृषकलाई कृषिमा आकर्षित गर्न उत्प्रेरित गरिनेछ । विपन्न वर्गको उत्थान र लक्षित समूहलाई सहयोग हुने कृषि तथा पशु विकास कार्यक्रमलाई जोड दिइनेछ ।
. कृषि तथा पशु उत्पादन प्रविधि र उपजको गुणस्तरीय मापदण्ड तर्जुमा गरी नियमनको व्यवस्था गरिनेछ । प्रदेश सरकारसंगको सहकार्यमा कृषकलाई बाली र पशुपंक्षी विमा गर्नका लागि प्रोत्साहित गरिनेछ ।
मोदी गाउँपालिकामा एक शीत भण्डार र एक कृषि उपज बजार केन्द्र निर्माण गर्ने नीति लिइनेछ ।
. कृषि बजारमा रहेका बिचौलिया प्रवृत्तिको अन्त्य गरी कृषि उत्पादनमा कृषक र उपभोक्ताको सीधा सम्पर्कको लागि कृषि सहकारीलाई सबलीकरण गरिनेछ ।
. कृषि उत्पादनमा बृद्धि गर्न परियोजनाका आधारमा साना र नयाँ प्रविधिमा आधारित सिंचाईमा पूँजीगत अनुदान उपलब्ध गराइनेछ ।
. गाउँपालिकाको भूउपयोग नीति ल्याइनेछ । सरकारी, सार्वजनिक, ऐतिहासिक सम्पदा र धरोहरका जग्गाको संरक्षणमा जोड दिइनेछ ।
. जग्गाको खण्डीकरण र बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न चक्लाबन्दीमा आधारित खेती प्रणालीमा जोड दिइनेछ ।
. सहकारी एवम् सामुहिक खेती प्रणालीको नीति अवलम्वन गरिनेछ । सहकारी संस्थामा रहेको बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न एक सहकारी एक नमूना उत्पादन तथा ठूला फार्म संचालन कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।
  सहकारीको अनुगमन निरीक्षण, सहकारी सचेतना, सहकारी शिक्षा तथा तालिम, उद्यमशीलता र नेतृत्व विकास गरी सहकारीलाई समृद्धिका लागि वित्तीय लगानी कर्ताको रुपमा प्रबद्र्धन गरिनेछ ।
  गरीव, उत्पीडित, विपन्न वर्ग र समुदायको आयआर्जनका लागि युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरिनेछ । स्वरोजगारमूलक उद्योग एवम् व्यवसाय स्थापना गर्न आवश्यक पर्ने अनुदान र सीपमूलक तालिम प्रदान गरिने व्यवस्था मिलाईनेछ ।

गाउँसभाका सदस्य ज्यूहरु
रोजगारी अभिबृद्धिका लागि औद्योगिकीकरण
उत्पादन बृद्धि, रोजगारी सृजना र गरीवी न्यूनीकरणमा टेवा पुयाउने साना तथा मझौला उद्योगमा विशेष जोड दिइनेछ । परम्परागत ज्ञान, स्थानीय सीप, प्रविधि र कच्चा पदार्थमा आधारित घरेलु साना तथा लघु उद्योगलाई प्रवर्द्धन गर्ने नीति अवलम्वन गरिनेछ । औद्योगिक उत्पादनमा बृद्धि गरी उपभोग्य वस्तु तथा सेवामा क्रमशः आत्मनिर्भर हुने नीति लिइनेछ ।
. स्थानीयस्तरमा उत्पादित वस्तु तथा सेवाको उपभोगलाई प्राथमिकता र प्रोत्साहन दिइनेछ ।
. गाउँपालिकामा रहेका खानी तथा खनिज पदार्थको अन्वेषण, उत्खनन, प्रशोधन र प्रयोगमा जोड दिइनेछ ।
. नदीनाला, तालतलैया, वन जंगल, जडीबुटी, खनिज स्रोतको बहुआयामिक प्रयोगका साथै उत्पादन बृद्धि, रोजगारी सृजना र आयआर्जनमा जोड दिइनेछ ।
. गाउँपालिकाभित्र विशेष आर्थिक क्षेत्रहरुको पहिचान गर्ने कार्य यसै वर्षबाट थालनी गरिनेछ ।
युवा लक्षित कोषबाट युवा उद्यमशीलताका कार्यक्रम सञ्चालन गरिनेछ । गरीव, दलित र पछि परेका समुदायलाई विषेश प्राथमिकतामा राखिने छ ।
. अत्यावश्यक सेवा तथा वस्तु सहज, सुलभ र नियमित रुपमा उपलब्ध गराउन सार्वजनिक, नीजि तथा सहकारी क्षेत्रलाई सहभागी गराउदै उपभोक्ता हित संरक्षण तथा प्रवर्द्धन गरिने व्यवस्था मिलाइनेछ ।
मोदी गाउँपालिकाभित्र उपभोग हुने खाद्यवस्तुको गुणस्तर परीक्षण गर्नका लागि अध्ययन शुरु गरिनेछ । मोदी गाउँपालिकामा एक वटा सहकारी पसल स्थापना गरिने छ । पालिका भित्रको बजार अनुगमन प्रणाली तर्फ नियमित र व्यवस्थित गरिने छ ।
. मर्यादित श्रम र समान कामको समान पारिश्रमिकको अन्तर्राष्टिय प्रतिवद्धता कार्यान्वयन गर्दै हरेक क्षेत्रमा रहेका श्रमिकको सीप र दक्षतालाई मापन गरी सामाजिक सुरक्षाको दायरामा ल्याइनेछ ।

वन तथा वातावरणः
. वन क्षेत्रको उत्पादकत्व र वन पैदावारको उत्पादन बृद्धि गर्न समृद्धिका लागि वन कार्यक्रम लागु गरिनेछ । जडीबुटी, कृषि वन तथा गैरकाष्ठ वन पैदावारको व्यवसायिक खेती र उत्पादन बृद्धिलाई प्रोत्साहन गरी मोदी गाउँपालिकालाई जडिबुटी जोनकोरुपमा विकास गरिने छ ।
. गाउँपालिकाभित्र रहेका तालतलैया नदी र खोलाहरुबाट हुने जोखिम न्यूनीकरण गर्नका लागि मोदी एकिकृत जलधार संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
. जलवायु अनुकूलित गाउँपालिका, प्रदुषण न्यूनीकरण र दिगो विकासका लागि वातावरणमैत्री नीति लिइनेछ । प्रदेशको सहकार्यमा एक गाउँ एक पोखरी निर्माणको नीति अवलम्बन गरि पुनर्भरण पोखरीहरु निर्माण गरिने छ । पंचासे ताल संरक्षणलाई विशेष जोड दिइने छ ।
मोदी गाउँपालिकाको जलजलामा ताल निर्माणको लागि विस्तृत अध्ययन गर्ने कार्य यसै वर्ष पुरा गरिने छ ।
छण्. मोदी गाउँपालिकाको विपद प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याईने छ । जलवायु परिवर्तनको असरलाई कम गर्न अनुकुलन योजना तयार गरी लागु गरिने छ ।
. प्राकृतिक स्रोतको उपयोग र व्यवस्थापनको कानून र मापदण्डका आधारमा अनियन्त्रित र अवैध दोहनलाई नियन्त्रण र नियमन गरिनेछ ।
. सडक निर्माण गर्दा सडक पाखा संरक्षण र बायो इन्जिनियरिङ्गका लागि ३५ रकम छुट्याई हरियाली प्रवर्धन गरिने छ ।
. सफा वातावरण, स्वच्छ जीवन कार्यक्रमलाई प्रदेश सरकारसंग समन्वय गरी अभियानको रुपमा अगाडी बढाइनेछ । स्वच्छ र हरियाली वातावरणका लागि सार्वजनिक स्थलमा बृक्षारोपण गर्ने कार्यलाई प्राथमिकता दिइनेछ । मोदी गाउँपालिकालाई सफा र हरियाली युक्त गाउँपालिका बनाउने नीति अवलम्बन गरिने छ ।

गुणस्तरिय भौतिक पूर्वाधार, गाउँपालिका विकासको आधारः
संघ र प्रदेश सरकारसंगको साझेदारीमा गाउँपालिका केन्द्रबाट वडा केन्द्रसम्म पुग्ने सडकलाई ५ वर्षभित्र कालोपत्रे सडक बनाउने नीति लिइएकोछ । सडकहरुको वर्गीकरण र अधिकरणक्षेत्र कायम गरी क्रमशः स्तरोन्नती गर्दै वर्षमा एक वटा सडकलाई व्यवस्थित गर्दे जाने नीति लिईने छ । संघ र प्रदेशको सहलगानीमा संभाव्य मोटेरेबल पुल र सडकको डिपिआर तयार गरिने छ ।
गाउँपालिका स्तरीय सडकमा वर्षै भरी यातायात संचालन गर्न सडकको स्तरोन्नती र सडक पुलको निर्माणलाई प्राथमिकता दिईनेछ । दुर्गम गाउँ बस्तीमा पहुँच पुर्याउन झोलुङ्गे पुल निर्माणमा जोड दिईने छ ।
गाउँपालिकाभित्रका नदी नियन्त्रण तथा पहिरो रोकथाममा जोड दिईनेछ । विकास निर्माणका आयोजनाहरु निर्माण गर्दा ती आयोजनाहरुले उत्पन्न गर्ने वातावरणीय प्रभाव, जोखिम, सम्भावित नोक्सानीहरुको अध्ययन पश्चात मात्र आयोजनाहरु कार्यान्वयन गर्ने नीति अवलम्बनमा जोड दिइनेछ ।
अति विपन्न र सीमान्तकृत वर्गका लागि सुरक्षित आवासको विकास गरिनेछ । अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, जोखिममा रहेका बालबालिका तथा व्यक्तिका लागि सामाजिक सुरक्षाको व्यवस्था गर्ने, भूमिहीनहरुको व्यवस्थापनको लागि कार्यक्रम बनाउने नीति लिईने छ । दलित वस्ती तथा दलितका बालबालिकाको बाहुल्यता रहेका विद्यालयहरुलाई विशेष सहयोग गरिनेछ ।
  गाउँपालिकाको कार्यालय आफ्नै भवनमा राख्नका लागि भवन निर्माण कार्यलाई तिब्रता दिइने छ । भवन नभएका वडा कार्यालयमा पनि क्रमशः भवन निर्माण गरिँदै लगिने छ ।

गाउँसभाका सदस्यज्यूहरु
सामाजिक क्षेत्रको विकास
  समृद्ध समाज विकासको मुख्य पूर्वाधार गुणस्तरीय वैज्ञानिक एंव प्राविधिक शिक्षामा हाम्रो सरोकार नीति अनुरुप सीपयुक्त जनशक्ति उत्पादनको लागि प्राविधिक तथा व्यवसायिक शिक्षाको लागि प्राविधिक विद्यालय स्थापना र संचालनमा निरन्तरता दिने कार्य गरिनेछ । दलित वालवालिकालाई प्राविधिक शिक्षामा जोड दिइने छ ।
पढ्ने वानीको विकास गर्न मोदी गाउँपालिकाको केन्द्रमा एक सार्वजनिक पुस्तकालय स्थापना गर्ने नीति लिईनेछ ।
नमुना विद्यालय स्थापनामा जोड दिइने छ । शैक्षिक गुणस्तर अभिबृद्धिका लागि प्रबिधिमैत्री शिक्षा नीति लिइने छ । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई पुरस्कारको ब्यवस्था गरिनेछ । यामुदायिक विद्यालयका शिक्षकहरुको बालबालिकाको तथ्याङ्क संकलन गरिने छ ।
विद्यालय शिक्षाको गुणस्तरमा सुधार गर्न गाउँपालिकालाई सबलीकरण गरिनेछ । शिक्षकको सिकाई सीपमा सुधार ल्याउन तालिम र विद्यार्थीको सिकाई परिक्षण गर्ने व्यवस्था गरिनेछ । विद्यालयको सम्पत्ती र सार्वनजिक सम्पत्ती संरक्षण गर्ने नीति लिइने छ ।
वैयक्तिक तथा सामुदायिक स्वास्थ्यमा सबैको ध्यान, गुणस्तरीय स्वास्थ्य सेवाको सर्वसुलभता हाम्रो अभियान अनुरुप सबै वडामा स्वास्थ्य संस्थाको स्तरोन्ती र दुर्घम स्थानमा सामुदायिक स्वास्थ्य ईकाइ गठन गर्ने नीति लिईने छ ।
. स्वास्थ्य संग सम्बन्धित सुरक्षित मातृत्व तथा नव शिशु सम्बन्धी कार्यक्रम संचालनको साथै प्रदेश र संघको सहकार्यमा स्वास्थ्य विमा गरिनेछ । आर्थिक अभावका कारण स्वास्थ्य उपचार सेवा पाउन नसकेका अपाङ्ग, असहाय, अशक्त, गर्भवती, सुत्केरी, जेष्ठ नगरिक र विपन्न वर्गको उपचारको लागि मापदण्ड बनाई सहयोग प्रदान गरिने छ । मुटु तथा क्यानसर जस्ता रोगहरुबारे सचेतना कार्यक्रमहरु र उपचारका लागि शिविर सञ्चालन गरिने छ ।
अति विपन्न, गर्भवती महिला र बालबालिकाको पोषण स्थितीमा सुधार ल्याउन बहुपक्षीय पोषण सुधार कार्यक्रम समन्वयात्मक रुपमा संचालन गरिनेछ ।
. नागरिकको स्वास्थ्यमा प्रतिरोधात्मक र निरोधात्मक क्षमता सुधार गर्न महिला, शिशु र बालबालिकालाई पूर्ण खोपको प्रत्याभुती दिनको लागि खोप कोषबाट कार्यक्रम संचालान गरिनेछ ।
. आयुर्वेद चिकित्सा पद्धतिमा प्रयोग हुने जडीबुटी संरक्षण, उत्पादन, प्रबद्र्धनको कार्यक्रम संचालन गरिनेछ ।
. विभिन्न अस्पतालहरुको सहकार्यमा टेलिमेडिसिन कार्यक्रम संचालन गरिनेछ ।
आगामी ३ वर्षमा खानेपानी नपुगेका गाउँ बस्तीमा आधारभूत खानेपानीको सूविधा पुर्याइने छ । प्रदेश तथा संघको सहकार्यमा एक घर एक धारा कार्यक्रम संचालन गर्न र स्वच्छ खानेपानीको पहुँच अभिबृद्धीका लागि लागत सहितको गुरुयोजना ९डि।पि।आर।० तयार गरिनेछ ।
महिलाको सक्षमता र पहुँच विकासबाट मोदीको रुपान्तरण, शिक्षा, स्वरोजगार अनि उद्यमशीलता मार्फत, महिला सशक्तिकरण गर्ने नीति अवलोकन गरिने छ ।
ठज्ञ. शिक्षा स्वास्थ्य एंव रोजगारको क्षेत्रमा विशेष व्यवस्था, जनचेतना र सशक्तिकरण मार्फत परिवर्तन गर्दा दलितको अवस्था नीति अनुरुप दलितको उत्थान गर्ने नीति लिईने छ ।
आगामी तीन वर्ष भित्र मोदी गाउँपलिकालाई बालमैत्री तथा नयाँ युवामैत्री गाउँपालिका घोषणा गरिने छ ।
ठघ. फरक क्षमता भएका अपाङ्गहरुलाई हरेक क्षेत्रमा प्राथमिकता र समानता अपाङ्गमैत्री पूर्वाधार विकास र सामाजिक सुरक्षामा हाम्रो प्रतिवद्धता लिईने छ । गाउँपालिका भित्र निर्माण हुने अस्पताल, शिक्षण संस्था र सबै किसिमका सार्वजनिक पूर्वाधारहरु अपाङ्गमैत्री र बालमैत्री बनाईनेछ ।
. आर्थिक स्रोत र सधानमा पहुँच पुर्याई विपन्न तथा अति विपन्न परिवारको जीवनस्तरलाई उकास्ने नीति लिईनेछ
. हिंसा पिडित महिला तथा बालबालिकाहरुलाई सहयोग गर्ने नीति लिइनेछ ।
. महिला तथा बालबालिकामा हुने घरेलु हिंसा, लैङ्गिक हिंसा, श्रम शोषण, बालविवाह, मानव वेचविखन, शारीरिक तथा मानसिक यातना लगायतका सबै खाले हिंसाको अन्त्यको लागि कार्यक्रम संचालन गरिनेछ ।
संघ र प्रदेशसंगको सहकार्यमा हिंसा पिडित महिला, बेवारिसे र श्रमिक बालबालिकाको व्यवस्थापनका लागि पुनस्र्थापना केन्द्र स्थापना गरी संचालनमा ल्याउन आवश्यक कार्य शुरु गरिने छ ।
. गाउँपालिका स्तरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाबाट संचालन हुने सबै कार्यक्रमलाई गाउँपालिकाबाट स्वीकृति दिई, पारदर्शी, दिगो र जनताको हितमा हुने गरी संचालन गर्ने व्यवस्था मिलाइनेछ ।
. युवालाई राष्ट्र र गाउँको विकास एवं समृद्धि प्रति जिम्मेवार र नैतिकवान बनाउन युवा नीति ल्याइनेछ ।
डण्. वातावरण संरक्षण,गाउँ बस्ती सफाई एवं विपद व्यवस्थान र गाउँपालिका सेवा तथा कार्यमा युवा स्वयंसेवकको परिचालन गरिनेछ ।
. संघ र प्रदेशको सहलगानीमा एक कवर्डहलको निर्माण गरी युवा तथा खेलकुदलाई सशक्त बनाइने छ ।
डद्द. गाउँपालिकाका बिभिन्न जनजातिहरुको इतिहास, धर्म, संस्कृति, भाषा र लिपिको महत्व झल्काउने संग्रहालय स्थापना गरिनेछ ।
वित्त तथा वित्तीय क्षेत्र
गाउँपालिकाको दीर्घकालिन राजश्व नीति तर्जुमा गर्दै राजस्वका स्रोत पहिचान गरी राजस्वको दायरा विस्तार गर्ने नीति लिइनेछ । आन्तरिक स्रोत वृद्धिमा जोड दिइनेछ । सहकारी, विभिन्न संघ संस्था र कोषहरुमा निष्कृय रहेको रकमलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरिनेछ ।
उच्च आर्थिक प्रतिफल दिने, भौतिक तथा सामाजिक पूर्वाधारका योजना लाई समावेशी विकासमा प्राथमिकता दिई बजेट विनियोजन गरिनेछ । विकास आयोजना र कार्यक्रमलाई नतिजासँग आबद्ध गरी वित्तिय अनुशासन कायम गर्ने, सार्वजनिक खर्च प्रणालीलाई व्यवस्थित गर्ने नीति लिइनेछ ।
. गाउँबासीलाई बैंकमा खाता खोल्न प्रोत्साहित गरिनेछ । सहकारी, निजी र संगठित क्षेत्रबाट हुने सबै प्रकारका भुक्तानी क्रमशः बैंक खाताबाट मात्र हुने नीति ल्याइनेछ ।

जनताको सेवाको लागि सूशासन
गाउँपालिकामा संस्थागत संयन्त्रको स्थापना गरी सार्वजनिक सेवालाई पारदर्शी, जवाफदेही, उत्तरदायी र नागरिक मैत्री बनाइनेछ । गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधाको गुणस्तर सुनिश्चित गरिनेछ । सुशासनका लागि सार्वजनिक सेवा प्रवाहलाई सरलीकृत गरिनेछ ।
. नीति निर्माण, सेवा प्रवाह र विकास आयोजना कार्यान्वयन गर्ने निकाय र जनशक्तिको व्यवस्थापकीय र प्राविधिक क्षमता अभिवृद्धि गरिनेछ ।
. भ्रष्टाचार जन्य क्रियाकलापमा शुन्य सहनशीलताको अवधारणाका माध्यमबाट सुशासनमा टेवा पुर्याइनेछ । सदाचार प्रवर्द्धन हुने गरी सार्वजनिक पदाधिकारीलाई जिम्मेवार बनाइनेछ । सरकारी सेवालाई नागरिकको अपेक्षा अनुरुप कार्य गर्न विद्युतीय सुशासनमा जोड दिइनेछ ।
. संघ र प्रदेशको सहकार्यबाट संविधानको एकल र साझा अधिकारसूचीको कानून तर्जुमा गरिनेछ ।
. गाउँको सुरक्षा व्यवस्थालाई सुदृढ र प्रभावकारी बनाइनेछ । गाउँ प्रहरीको गठन, आवश्यक पूर्वाधार निर्माण, आधुनिकीकरण र व्यावसायीकरण गरी अपराध नियन्त्रण गरिनेछ ।
. गाउँपालिकामा विपद् व्यवस्थापन कोष खडा भई संचालनमा आइसकेको छ । विपदको बेला खोज, उद्धार, राहत र पुनर्लाभ गर्न ठूलो रकमको आवश्यकता पर्ने हुँदा यस कोषमा योगदान गर्न नागरिक, गैर आवासीय नेपाली र निजी क्षेत्रलाई आव्हान गरिनेछ । विपद् व्यवस्थापन कोषमा जम्मा भएको रकम विपद पछिको खोज, उद्धार, राहत र पुनर्लाभमा मात्र खर्च गरिनेछ ।
  विपदका दृष्टिले जोखिम क्षेत्रको पहिचान गरी वैज्ञानिक नक्शांकन गरिनेछ । सुरक्षित स्थानहरुको पहिचान गरी खुला क्षेत्र घोषणा गरिनेछ ।
गाउँपालिकाका सबै जनप्रतिनिधि र कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्न गाउँपालिकाको तालिम नीति र तालिमको आवश्यकता पहिचान गरी क्षमता विकासका लागि तालिम संचालन गरिनेछ ।
  गाउँपालिकाको तथ्यांक तथा सूचना संकलन, भण्डारण, विश्लेषण तथा सम्प्रेषणलाई अद्यावधिक गरी वस्तुगत बनाइने नीति लिइनेछ ।
  नागरिकको गुनासो सुनुवाई र सम्बोधन गर्ने कार्यक्रम संचालन गरिनेछ ।
गाउँपालिका भित्रका विकास योजना, नीति, कार्यक्रम, आयोजना तथा सेवाप्रवाहको कार्यान्वयन पक्षलाई प्रभावकारी, नतिजामुखी, गुणस्तरीय, जवाफेदेही पूर्ण बनाउन अनुगमन र मूल्यांकन प्रणालीको विकास गरिनेछ ।
  गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरुलाई प्रविधि मैत्री वनाई डिजिटल कार्यालयकोरुपमा विकास गर्दै लगिने छ । सेवा प्रवाह र गुनासो ब्यवस्थापनमा पनि आधुनिक प्रविधिको प्रयोग गरिने छ ।

गाउँ सभाका सदस्यज्यूहरु
संघीय लोकतान्त्रिक गणतन्त्रले राष्ट्रका साझा लक्ष्य र उद्देश्य प्राप्तिका लागि सहकार्य र समन्वयको अपेक्षा गर्दछ । यसले स्वतन्त्रता, कार्यक्षमता अभिवृद्धि गर्न, विविधता सहितको बहुलता र प्रतिस्पर्धालाई स्वीकार गर्दछ । संघीयताले शान्ति र सुरक्षा कायम गर्न साझा मूल्य र मान्यता स्थापित गर्न प्रोत्साहित गर्दछ । गरिबी न्यूनीकरण, भोकमरीको अन्त्य, रोजगारीको सिर्जना, आर्थिक समुन्नति र समृद्धिका लागि पनि शान्ति र स्थीरता आवश्यक पर्दछ । यी हाम्रा साझा लक्ष्य साझा दायित्व र साझा चुनौतीको सामना गर्न संघीय र प्रदेश सरकारको समन्वय र अभिभावकत्वमा मात्र पूरा गर्न सकिन्छ । राष्ट्रिय कार्यभार र लक्ष्य हासिल गर्नमा गाउँपालिकाको महत्वपूर्ण र सार्थक भूमिका रहनेछ ।
नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन समन्यायिक र समतामूलक समाजको निर्माण गर्नका लागि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढिकरण गर्न जरुरी छ । सुशासन र विकासका लागि जवाफदेही सरकारका माध्यमबाट आम नागरिकको विश्वास र भरोसा जित्न सकिन्छ । मोदी गाउँपालिकाले जनताका वास्तविक समस्याहरुलाई सम्बोधन गर्दै जनप्रिय काम गरेर लोकप्रिय हुन चाहन्छ ।
नेपाली जनताको त्याग, संघर्ष र बलिदानीबाट प्राप्त भएको वर्तमान राजनैतिक उपलब्धिको संरक्षण र संस्थागत गर्ने जिम्मेवारी सबै नागरिक र स्थानीय तह, प्रदेश र संघीय सरकारको काँधमा आएको छ । यो उपलब्धिलाई गाउँपालिकाबाट जनताले अनुभूति गर्ने गरी उन्नत र नागरिकमैत्री बनाउँदै समृद्ध गाउँपालिका निर्माणका सहभागी हुन जनप्रतिनिधि, राजनैतिक दल, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज, सञ्चार जगत एवं सम्पूर्ण सरोकारवालाहरुलाई हार्दिक अनुरोध गर्दछु । सभामा यहाँहरुको सक्रिय रचनात्मक सहयोग गर्ने सबै पक्ष प्रति हार्दिक धन्यबाद समेत प्रकट गर्दछु ।

धन्यवाद ।