Print

‘सामुदायिक विद्यालयको गुणस्तर बृद्धिका लागि योजना ल्याउँछौ’–मेयर जोशी

१८ जेठ, पर्वत । कुश्मा नगरपालिकाका नगर प्रमुख (मेयर) रामचन्द्र जोशीले सामुदायिक विदालयका गुणस्तर बृद्धिमा ठोस कार्य योजना निर्माण गरिने बताएका छन ।
जिल्लाको कु्रश्मा नगरपालिका ११ पकुवामा रहेको विरेन्द्र माविको बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मेयर जोशीले गरिब जनताले अध्ययन गर्ने विद्यालयको रुपमा सामुदायिक विद्यालयहरु स्थापीत हुँदै गएको भन्दै त्यसको विकासमा ठोस कार्य योजना निर्माण गरिने बताएका हुन ।

जोशी सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी र समायानूकल बनाउन विद्यालय सुधारका लागि विशेष कार्यक्रम ल्याउने बताए । जोशीले जिल्लाको पहिलो प्राविधिक शिक्षा दिने यस विद्यालयले प्राविधिक जनशक्ति उत्पादन गरि राष्ट्रलाई योगदान गरेको बताउँदै यस्ता विद्यालयलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पकुवाका वडा अध्यक्ष शिब प्रसाद पौडेल, कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकारी विष्णु प्रसाद तिवारी, नेपाल रेडक्रस सोसाईटी पर्वतका अध्यक्ष तथा पूर्व प्रअ रुद्रबहादुर रिमाल, विद्यालयका प्रअ नरनाथ रिमाल लगायतले बोलेका थिए ।