Print

‘बजेटमा शिक्षा क्षेत्र प्राथमिकतामा राख्नुपर्छ’– सांसद मरासिनी (भिडियो सहित)

८ जेठ, पर्वत । प्रतिनिधि सभाका सदस्य नारायण मरासिनीले बजेटमा शिक्षा क्षेत्र प्राथमिकतामा राख्नुपर्ने बताएका छन । विनियोजन विधयेयक माथिको छलफलमा बोल्दै मरासिनीले शिक्षा पूर्वाधार क्षेत्रको पनि पूर्वाधार भएकाले यो क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सुझाब दिएका हुन । मरासिनीले शिक्षा क्षेत्रमा कति प्रतिशत बजेट विनियोजन हुन लागेको छ ? भनी अर्थ मन्त्रीसंग प्रश्न पनि गरे ।

अर्थ मन्त्रीलेले प्रस्त्ुत गरेको विनियोजन विधेयकमा शिक्षासंगै, स्वास्थ्य, रोजगार, कृषि र पर्यटन क्षेत्रमा बजेट विनियोजन हुनुपर्ने मरासिनीको भनाई छ । उनले समाजबाद उन्मुख बजेटलाई कार्यान्वयनमा चुनौति रहेको भन्दै कार्यान्वयन सफल हुँदा देशमा समाजबाद ल्याउन सहज हुने बताए । उनले भनाई र गराईमा फरक पर्ने भन्दै अर्थ मन्त्रीलाई विकास निर्माणमा अधुरा रहेका कामहरु पुरा गर्ने काममा बजेट विनियोजन गर्न पनि सुझाब दिए ।

सांसद मरासिनीले पहाडी क्षेत्रमा वन क्षेत्रको विकास र विस्तार गर्नुपर्ने धारणा राखे । उनले वन क्षेत्रमा लगाइएका खाद्यन्न बस्तुको विक्री समेत गरी कुल आन्तरीक आयमा बृद्धि गर्नुपर्ने धारणा राखे । मरासिनीले एक पाउण्डको सिकाईलाई कार्यक्षेत्रमा १० पाउण्ड खर्च गर्ने गरी योजना बनाउन समेत सुझाब दिए ।

भिडियो