Print

९ दिन देखि वेपत्ता कुँवर अझै भेटिएनन

२७ वैशाख, पर्वत । विगत नौ दिनदेखि बेपत्ता रहनुभएका पर्वतको कुस्मा नगरपालिकाका ९ कटुवाचौपारीका ३९ वर्षीय केशव पौडेल अझै पनि परिवारको सम्पर्कमा नआउँदा परिवार आफन्तजन चिन्तामा परेका छन । पौडेल वेखवर भएको भोलीपल्टै बिहानैबाट स्थानियबासी, प्रहरीले खोजी गरेपनि उनको अवस्थाका बारेमा कुनै पनि अवस्था पत्ता लाग्न सकेको छैन ।

बेपत्ता भएको लामो समय भैसक्दा समेत उनको बारेमा थोरै मात्र सुईँको नपाएपछि केशवको परिवार सहित आफन्त र स्थानियसंगै प्रहरी पनि चिन्तामा परेका छन । गत बिहीबार राति ९ बजे कुस्माबजार बडागाउँमा देखिएका पौडेलले राति झण्डै १२ बजे श्रीमतीसँग मोबाइलमा कुराकानी गर्दै बाटोमा आउदै छु भनेको परिवारले जनाएका छन् ।

त्यसपछि उनी सम्पर्कमा नआएको परिवारले जनाएको छ । सम्पर्कमा नआएपछि शुक्रबार बिहानैदेखि उनको खोजीकार्य सुरु गरिए पनि अहिलेसम्म केही पत्ता लगाउन नसकेको दाजु वासुदेव पौडेलले बताए। ‘हामिले भिरपाखा, तिर सबै ठाउँमा सबैतिर खोजी गर्यौ अझै भेटिएका छैनन’ दाजु बासुदेव पौडेलले भने, ‘अपहरणमा पर्यो कि के भयो, सबैतिर बुझ्ने काम गरीरहेका छौ ।,’ पर्वत प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजन रायमाझीले प्रहरीको पनि खोजी कार्य जारी रहेको बताए ।

प्रहरी निरीक्षक रायमाझीका अनुसार बेपत्ता रहनुभएका पौडेलको मोबाईलमा बेपत्ता हुँदाको भोलीपल्ट शनिवार दिउँसो २ बजे फोन लागे पनि फोन उठेको थिएन । सिम कार्ड ट्राफिकिङ गरेर हेर्दा अन्तिम समयमा खरेहा र ज्ञादी जोड्ने मोदी नदीमाथिको पुल आसपासको क्षेत्रमा सिम एक्टिभ रहेको पाइएको भएपनि मोवाईल भने, भेटिएको छैन । अलिे भने उनको कल डिटेल्सबाट अनुषन्धान भैरहेको प्रहरीले जनाएको छ ।