२७ वैशाख, पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नदीको तिरैतिर गण्डकी प्रदेश भएरै जाने स्पष्ट पारेका छन ।
करिडोरको रुपमा कालीगण्डकीको पुर्बी र पश्चिमी भागबाट समानान्तर रुपमा सडक निर्माण भैरहेको बेला पर्वतको फलेबास नगरपालिकाले आयोजना गरेको राष्ट्र पति रनिङ शिल्ड तथा मेयर कप प्रतियोगिताको शुक्रार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङ्गले गण्डकी प्रदेश भएरै करिडोर जाने स्पष्ट पारेका हुन ।
‘गण्डकी प्रदेशको सबैभन्दा महत्वपुर्ण सडक भएका कारण प्रदेश भएरै नेप्चुङ्ग देखि त्रिबेणी सम्म कालीगण्डकी नदिको किनारै किनार भएर जान्छ । ’उनले भने ‘‘अब वारिपारी भनेर बिबाद गर्नुहुन्न, प्रदेशले आफ्नो सडक आफ्नै क्षेत्र भएर लैजान्छ ।’ प्रदेशले शालिग्राम करिडोरको रुपमा मुस्ताङ्ग देखि त्रिबेणी सम्मै सडक बनाउने प्रस्ताब अघि बढाएको र यस बर्ष डिपीआर बनाउने काम अघि बढाइएको भनाई उनको थियो । शालिग्राम करिडोर सम्पन्न गर्न संघिय सरकार संग अनुरोध गर्ने तर आवश्यक परेको अबस्थामा प्रदेशले समेत लगानी गरेर भएपनि सम्पन्न गराई छाड्ने उनको भनाई छ । पश्चिम किनारबाट पनि सडक बनेको र त्यसलाई सम्पन्न गराउने तर्फपनि प्रदेशले जोड दिने मुख्यमन्त्री गुरुङ्गले बताए ।
संघीय सरकारको निति तथा कार्यक्रममा कालीगण्डकी डाइभर्सन परियोजना अघि बढाउने कार्यक्रम आएको बेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले आफ्नो क्षेत्र सुख्खा पारेर नदी डाइभर्सन गर्न नदिइने कुरा दोहोराए । उनले कालीगण्डकी नदी गण्डकी प्रदेशको मुख्यनदी भएकाले यसलाई डाभर्सन गर्न गण्डकी प्रदेशको पनि सहमति चाहिन्छ भने । ‘कालीगण्डकीको तल्लो तटिय क्षेत्र सुख्खा पारेर डाभर्सन गर्न दिइन्न’ यो परियोजना अघि बढाउन गण्डकी प्रदेशको पनि सहमति चाहिन्छ’
उनले गण्डकी प्रदेशका रहेका ठुला जलासययुक्त परियोजना अघि बढाउन आग्रह गर्दै कालीगण्डकी बहुउद्देश्यीय परियोजना संभाब्य देखिएमा दश बर्ष भित्र सम्पन्न गर्नेगरि काम अघि बढ्ने आश्वासन दिए । उत्तरगंगा, आँधीखोला, बुढीगण्डकी, मादी, सेती लगायतका जलासय युक्त परियोजना अघि बढ्ने र प्रदेशले सम्बृद्धि हासिल गर्ने भनाई उनको थियो ।
कार्यक्रममा प्रतिनिधी सभाका सदस्य पदम गिरीले यातायातमा रहेको सिन्डीकेट र अहिले भईरहेको जग्गा दलालीको अन्त्यमा सरकार लागि परिरहँदा अनर्गल प्रचार भईरहको बताए । सरकारले धेरै लोकप्रिय कार्यक्रम ल्याएपनि बिपक्षीहरुले लोकप्रियता संग तर्सिर झिनामसिना कुरालाई मुद्दा बनाएर जनमत बचाउन प्रयत्न गरेको आरोप लगाए । उनले पर्वतको बिकास अबको पाँच बर्षमा बिजगणितका हिसाबले हुने आश्वासन पनि दिए । ‘पर्वतमा १७ बर्ष सम्म कसरी बिकास भयो सबैले देख्नुभएकै छ’ उनले भने ‘अबको पाँच बर्षमा पर्वतको बिकास बिजगणितीय हिसाबले हुन्छ’
कार्यक्रमा गण्डकी प्रदेशसभा सदस्य जुनादेबी नेपाली, जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, मेयर पदमपाणी शर्मा, महाशिला गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासंघका प्रदेश सहसंयोजक राजुप्रसाद पौडेल, फलेबास नगरपालिकाकी उपमेयर मञ्जु अधिकारी , नगरपालिकाका योजना सल्लाहकार देबीप्रसाद तिमिल्सीना लगायतले मन्तब्य ब्यक्त राखेका थिए ।




