Print

जलजलाबाट प्रमुख प्रशासकीय अधिकृत अधिकारीको विदाई

२६ फागुन, पर्वत । जलजला गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत मुना अधिकारीको विदाई गरिएको छ । गत विहिबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाको कार्यालयमा अधिकारीको विदाई गरिएको हो । कर्मचारी समायोजनमा गण्डकी प्रदेश मातहतमा पदस्थापना भएपछि अधिकारीको विदाई गरिएको हो । उनी विगत झण्डै ४ महिना देखि जलजलामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिइन ।

विदाई कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले कर्मचारी र जनप्रतिनिधि वीच असल सहकार्य हुन सकेमा स्थानीय स्तरका विकास निर्माणका योजनाहरु कार्यान्वयनमा निकै सहज हुन विश्वास ब्यक्त गरे ।

उनले छोटो अवधिको बसाईमा अधिकारीले जनताका गुनासाहरु सुन्ने प्रशासनलाई चुस्त बनाउन गरेको गरेको प्रशंसा गर्दै सुखद बसाईको लागि धन्यवाद समेत थिए । विदाई कार्यक्रमको अवसरमा अधिकृत अधिकारीेले छोटो अवधिमा स्थानीय तह सञ्चालनको अनुभव लिएर आफू प्रदेश मातहतका कार्यक्रमहरुमा जान लागेको बताईन ।

उनले आफ्नो कार्यकालमा झण्डै ७० प्रतिशत योजनाहरुको सम्झौता सम्पन्न भएको दावी गर्दै कार्यकाल सफल र उपलब्धिमुलक भएको समेत स्पष्ट पारिन । सो अवसरमा कार्यपालिका सदस्य र कर्मचारीहरुलाई टिका र खादा लगाई अधिकारीलाई विदाई गरेका थिए ।