Print

क्रसर उद्योगमा कडाई गर्दै जलजला गाउँपालिका, नियम विपरितका उद्योग बन्द गर्ने निर्णय

२५ फागुन, पर्वत । कालीगण्डकी नदीलाई आधार बनाई अवैध रुपमा सञ्चालन भईरहेका क्रसर उद्योगलाई बन्द गराउने जलजला गाउँपालिकाले निर्णय गरेको छ ।

गाउँपालिकाको कार्यपालिका वैठकबाट यस्तो निर्णय भएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिए । मल्लका अनुसार अवैध रुपमा सञ्चालन भएकालाई नियमानुसार प्रक्रियामा ल्याउने प्रक्रिया थाल्न अनुरोध गरे । उनले नियम विपरित सञ्चालीत जो सुकैलाई पनि स्थानीय सरकारले कारबाही गर्ने जानकारी दिए ।

दर्ता नभएका क्रसर उद्योगहरुको अनुगमन गरि प्रकृया नपुगेको भए बन्द गर्ने निर्णय समेत गरेको छ । गाउँपालिका भित्र कालीगण्डकी नदी किनारमा क्रसर राख्दा सम्बन्धित निकायबाट प्रकृया पुरा गरेर मात्रै राख्न दिने तर जथाभावी रुपमा प्रकृया नपु¥याई सञ्चालन गर्दा अराकजकता बढ्ने भएकाले यस्तो निर्णय गरिएको कार्यपालिकाका सदस्यहरुले बताएका छन ।

सञ्चालित क्रसर उद्योगहरुमा अनुगमन गरि कागजात पु¥याउने र नपु¥याउन नसके बन्द गर्ने निर्णय भएको हो ।