२६ फागुन, पर्वत । प्रतिनिधि सभामा पर्वत जिल्लाबाट निर्वाचित सांसद पदम गिरीको पहल पछि पर्वतको कुश्मामा मध्यपहाडी पुष्पलाल राजमार्गको कार्यालय स्थापना भएको छ । राष्ट्रिय गौरबको आयोजनामा पर्ने उक्त राजमार्ग निर्माणको काम तिव्र गतिमा अगाडि बढिरहेको छ ।
पर्वतको मोदी गााउँपालिका वेतनी देखि कुश्मा नगरपालिकाको मालढुंगासम्म मध्यपहाडी राजमार्गको पर्वत खण्ड पर्दछ । साविकको पोखरा बागलुङ राजमार्गलाई नै मध्यपहाडी लोकमार्गमा स्थानान्तरण गर्ने सरकारको निर्णयसगै यो पुरै खण्डलाई पुष्पलाल मध्यपहाडी लोकमार्गको रुपमा स्थानान्तरण गरिएको हो । उक्त सडक अहिले राष्ट्रिय गौरबको आयोजनाको रुपमा परिणत मात्र भएको छैन यो सडकलाई स्तरोउन्नती गरी टु लेनको बनाउने कार्य समेत अगाडि बढिरहेको छ ।
सडकलाई स्तरोउन्नती गर्ने कार्य भईरहँदा यसको कार्यालय लमजुङ जिल्लामा थियो । सोहि कार्यालयले पर्वत, बागलुङ र कास्की खण्डको कामलाई समेत हेर्ने गर्दथ्यो । सडक निर्माणको लगाएतका कार्यहरु टाडाको कार्यालय मार्फत हुँदा कतिपय प्रशासकीय झण्झडहरु आउने गरेका थिए ।
कार्यालयलाई पर्वत मा नै स्थापना गरेर सहज कार्य सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाउन आफूले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउँदै आएको बताउँदै सांसद गिरीले राष्ट्रिय गौरबको आयोजनाको काम भने गुणस्तरीय हुनुपर्ने धारणा ब्यक्त गरे ।
उनले राजमार्गको कामलाई समयमै सक्नका लागि समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन । राजमार्ग योजनाको कार्यालयका प्रमुख आशिष थापा मगरले कार्यालय स्थापना भएसंगै यो क्षेत्रको निर्माण कार्यलाई सहज ढङगबाट अगाडि बढाउन सकिएको बताए । अहिले पोखरा बागलुङ राजमार्गको स्तरोउन्नती गर्दै सडक फराकिलो बनाउने कार्य भईरहेको छ ।
अर्थ वीट साप्ताहिकमा प्रकाशित खबर




