Print

कुश्माको बाटुलेचौर मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाईने

२१ फागुन, पर्वत ।  कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गरि कुश्मा नगरपालिकालाई पर्यटकिय गन्तव्य बनाउन सकिने बताउनुभएको छ । पर्वतको ठूलीपोखरीमा रहेको एतिहाँसिक शिब कालिका मन्दिर बाटुलेचौरको भवन शिलान्याश कार्यक्रममा बोल्दै जोशीले नगरपालिकाले संबृद्धीको आधार पर्यटनलाई लिएकाले धार्मिक तथा पर्यटकि क्षेत्रलाई विकासको सूचीमा राखिएको बताउनुभयो ।
उहाँले नगरपालिकाका सबै क्षेत्रलाई समेटेर धार्मिक पर्यटनको विकास गर्न सकिने भएकाले यसतर्फ पनि लगानी गरिने जानकारी दिनुभयो ।
उहाँले बाटुलेचौर क्षेत्रको विस्तृत परियोजना प्रस्ताव तयार गरि आवश्यक रकम विनियोजनमा आँफूले हदैसम्मको प्रयाश गर्ने जानकारी दिँदै सोमबार शिलान्यास गरिएको भवनलाई यसैवर्ष बजेट बिनियोजन गरि सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै कुश्मा १२ ठूलीपोखरीका अध्यक्ष राजेन्द्र पौडेलले वडाको प्राथमिकतामा बाटुलेचौर क्षेत्र रहेकाले आगामी वर्षहरुमा बजेट निर्माण गर्दा पहिलो प्राथमिकतामा राखिने बताउनुभयो । कार्यक्रममा बोल्दै कुश्मा १३ खौला लाँकुरीका अध्यक्ष जंग बहादुर क्षेत्रीले यस क्षेत्रलाई धार्मिक तथा पर्यटकिय गन्तव्य बनाउनका लागि आफ्नो वडाबाट पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सोही अवसरमा कुश्मा नगरपालिका १४का वडा अध्यक्ष भिम बहादुर गुरुङ्ग, वडा नं. ७ का अध्यक्ष सुवास चन्द्र पौडेल, वडा नं. ८ का अध्यक्ष राजकुमार क्षेत्री लगायतले मन्दिर र उक्त पर्यटकिय क्षेत्रको विकासका लागि नगरपालिकाका आगामी योजनाहरुमा प्राथमिता दिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सदस्य युगनाथ पौडेल, धन्यवाद कोषाध्यक्ष कल्पना तिमिल्सीना र संचालन सल्लाहकार चुडामणी पौडेलले गर्नुभएको थियो । सोही अवसरमा उक्त मन्दिरमा समाजसेवी सूर्य प्रकाश पौडेलले २० केजीको घण्टी, तथा पुजाका लागि आवश्यक पर्ने सामानहरु प्रदान गर्नुभएको थियो ।
मन्दिरमा शिबरात्री पर्वको अवसरमा आयोजना गरिएको शिब महिमा, रुद्राभिशेख तथा विषेश शिव पुजन कार्यक्रममा स्थानीय धर्मावलम्बीहरुको ठूलो संख्यामा उपस्थिती रहेको थियो । त्रेता युगमा राजा दशरथले अश्वमेध यज्ञ गरेको तथा प्रशिद्ध शिब कालिका मन्दिरमा दर्शन तथा पुजा गरेमा पुण्य मिल्ने तथा आँटेको पुग्ने जनविश्वास रहेको छ ।