Print

मोदी गाउँपालिकाको मोवाईल एप्लिकेशन सार्वजनिक

२४ मंसीर, पर्वत । जिल्लाको मोदी गाउँपालिकाले मोवाई एप्लिकेशन सार्वजनिक गरेको छ । गाउँपालिकाले आफ्ना सवै गतिविधिहरु समावेश भएको एप्लिकेशन सार्वजनिक गरेको हो । मोवाईल एपमा गाउँपालिका महत्वपूर्ण जानकारीहरु समावेश गरिएको छ ।

गाउँपालिकाले सवै प्रकारका सेवा तथा सुविधाहरु समेत मोवाईल एप्लिकेशन मार्फत घर घरमै हेर्न सकिने गरी एप तयार गरिएको गाउँपालिका प्रवक्ता विमल लामिछानेले जानकारी दिए ।

लामिछानेका अनुसार एप्लिकेशनबाट आम नगारिकले सुझाब तथा गुनासा समेत राख्न सक्नेछन । इन्टरनेटको पहुँच भएका सवैले एनरोइड मोवाईलबाट एप्लिकेशन हेर्न सकिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गर्ने सवै खालका कार्यक्रमहरुको समेत एपमा जानकारीहरु राखिने प्रवक्ताको भनाई छ ।

एप्लिकेशन डाउनलोड गर्न मोवाईलको प्ले स्टोरमा गएर मोदी गाउँपालिकाको एप डाउनलोड गर्नसकिनेछ । एप्लिकेशन भित्र गाउँपालिकाको जानकारी,पदाधिकारीहरुको विवरण, बार्षिक कार्यक्रमहरु तथा सम्पन्न गतिविधिहरुको जानकारी उल्लेख गरिएको छ ।