Print

प्याब्सन पर्वतको अध्यक्षमा शर्मा

२४ मंसीर, पर्वत । निजी तथा आवासिय बिद्यालय अर्गजनाईजेसन (प्याव्सन) मा देउपुर नमुना आवासिय माविका संरक्षक वलराम शर्माको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
प्याब्सन पर्वतको शानिबार सम्पन्न ११ औ अधिवेशनबाट शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । अधिवेशनबाट सृजना ईङलिस बोडीङका श्रीराम पराजुली र पर्वत ईङलिस बोडिङका लक्ष्मण भुसाल उपध्यक्षमा निर्वाचित भएका छन ।

अधिबेशनबाट आईवल एकेडेमिका विमल पौडेल सचिव र कोषाध्यक्षमा ग्लोवल एकेडेमीका शिवप्रसाद सुवेदी निर्वाचित भएका छन । यसैगरि सहसचिबमा पञ्चासे सिद्धबाबाका भोलाराज सुबेदी, सहकोषाध्यक्षमा राष्टिय बालशिक्षा सदनका थानेश्वर ढकाल निर्वाचित भएका छन ।

यस्तै सदस्यहरुमा नमुना आवासिय माबिका ईन्द्रमान खत्री , सत्गुण बोडिङकी रिता सुनार , शंकरपोखरी बोडिङका श्याम बहादुर खत्री , पाथफाइन्डर बोडिङका रामचन्द्र शर्मा , देउराली ब बोडिङकी टीका रिजाल र गुरुकुल एकेडेमीका उज्वल अधिकारी, पर्वत ग्रिनपिस एकेडेमीका बिष्णुप्रसाद सुबेदी र भुपु बोडिङका झबिलाल काफ्ले चयन भएका छन। अधिबेशनबाटै प्रमुख सल्लाहकारमा बसन्तकुमार कर्माचार्य, बरिष्ठ सल्लाहकारमा यामप्रसाद शर्मा र हिमबहादुर पौडेल क्षेत्री तथा सल्लाहकारहरुमा प्रेम जिसी, इन्द्रबहादुर अधिकारी, टुकलाल न्यौपाने र दिपेन्द्र रेग्मीलाई चयन गरेको छ ।

निर्वाचित कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा लगायतका अतिथिले बधाई दिएका थिए भने निर्वतमान अध्यक्ष बसन्त कर्माचार्यले सपथ खुवाइएका थिए । नव निर्वाचित अध्यक्ष शर्माले शिक्षामा लगाईएको करको बारेमा समीक्षा हुनुपर्ने बताएका छन् । उनले स्थानीय तहदेखि केन्द्रीय तह सम्म शिक्षा क्षेत्रमा सरकारले कर लगाएर पेशालाई निरुत्साहित गर्ने काम भईरहेको बताउँदै यसबारेमा बोल्नुपर्ने बताए ।
कार्यक्रममा ४२ संस्थागत विद्यालय रहेको पर्वतमा विभिन्न विधामा उत्कृष्ठ हुने शिक्षक तथा विद्यालयलाई प्रमाण पत्र मेडलले सम्मान गरिएको थियो ।