Print

उद्यमी खोज्दै मोदी गाउँपालिका, मागको आधारमा सहयोग कार्यक्रम

२४ मंसीर, पर्वत । जिल्लाको मोदी गाउँपालिकाले मागको आधारमा सहयोग कार्यक्रम अगाडि सारेको छ । लघु उद्यमी खोज्ने अभियान अन्र्तगत गाउँपालिकाको वडा न ६ तिलाहारमा आयोजना गरेको कार्यक्रमका सहभागीहरु मार्फत मागका आधारमा लघु उद्यमी खोज्ने अभियान अगाडि बढाएको हो ।

गाउँपालिकाले चालु आर्थिक बर्षमा लघु उद्यमीको खोजी गर्दै उनीहरुलाइ आवश्यकताका आधारमा सहयोग गर्ने अभियान अन्तर्गत उक्त अभियान सञ्चालन गरेको मोदी गाउँपालिकाका प्रवक्ता तथा मोदी ६ तिलाहारका अध्यक्ष विमल लामिछानेले जानकारी दिए ।

लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३१ जना सहभागीहरु मध्ये आवश्यकता र चाहनाका आधारमा सीप विकासका लागि सहयोग गर्ने गाउँपालिकाको कार्यक्रम रहेको छ । कार्यक्रम अन्तर्गत मागको आधारमा सिलाई कटाई, मोवाईल रिपेरिङ, अचार बनाउने तालिम, कुटनी पिसी, होम स्टे सञ्चालन, कफी प्रशोधन सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्न सकिने प्रवक्ता लामिछानेले जानकारी दिए ।

गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष लामिछानेका अनुसार गाउँपालिका सञ्चालन गरेको लघु उद्यम कार्यक्रम अन्तर्गत गाउँपालिकामा कम्तिमा ५० जना उद्यमी तयार गर्ने अभियान अन्र्तगत कार्यक्रम सञ्चालन गरिएको छ । उक्त अभियान अन्तरगत ५ दिने ब्यवसाय सुरु तथा सुधार तालिम आयोजना गरिएको छ ।

तालिम कार्यक्रमको समापनमा कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख नन्दलाल सुवेदीले लघु उद्यमीहरु मार्फत आर्थिक आय आर्जनको बाटो खोजीनुपर्ने धारणा ब्यक्त गरेका छन । कार्यक्रमकामा प्रशिक्षक ममता पाइजा र सिता नेपालीले लघु उद्यमी सम्बन्धि आफनो धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गरेका मोदी ६ का प्रवक्ता लामिछानलेले लघु उद्यममा लाग्न चाहने सवैलाई गाउँपालिका र वडाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।