Print

पर्बतमा ट्राफिक प्रहरीको सक्रियता बढ्दै ,यात्रुको गुनासो सुन्न र सवारी दुर्घटना न्यूनीकरण गर्न यात्रु सहायता कक्ष स्थापना ..

असौज १२  पर्बत । नेपालीहरुका ठुला चाड पर्वहरु दशैँ तिहार नजिकिय संगै सवारी र यात्रुहरुको चाप बढ्ने गर्छ र सवारीहरू दुर्घटना हुने गर्छन सवारी दुर्घटना न्यूनीकरण गर्न र यात्रु हरुका गुनासा सुन्नको लागि जिल्ला ट्राफिक कार्यालय पर्बत ,जिल्ला प्रहरी कार्यालय पर्बत र सामुदायिक प्रहरी सेवा केन्द्र ले यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

शुक्रबार एक कार्यक्रम को आयोजना गरि कुश्माको सिबालय चोकमा उक्त सहायता कक्ष सथापना गरियको हो कार्यक्रम मा बोल्दै उक्त कार्यक्रमका प्रमुख अतिथि कुनापा ६ का वार्ड अध्यक्ष रुद्र गिरीले यात्रु सहायता कक्षको माध्यम बाट सवारी र यात्रुहरुक गुनासो तत्काल समाधान हुने र सवारी दुर्घटना कम हुने बिस्वास ब्यक्त गर्नु भयो साथै सवारी दुर्घटना न्यूनीकरण गर्न नागारिक प्रहरी जनप्रतिनिधि सबै जिम्मेवार भयर लाग्नु पर्ने गिरीको भनाइ थियो ।कार्यक्रम मा सामुदायिक प्रहरी सेवा केन्द्र पर्बत कि पूर्व अध्यक्ष मानकुमारी गिरीले दशैँ तिहार जस्तो महान चाड को बेला मा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्नलाई सहायता कक्ष ले सहयोग पुराउने बताउनु भयो ।

यता जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख भुबनेस्वोर तिवारीले पर्बत प्रहरी र ट्राफिक प्रहरी यात्रुलाई गन्तव्यमा पुराउन कुनै समस्या नहोस सवारी चालक ले पनि सवारी चलाउदा क्षमता भन्दा बढी यात्रु राखेर सवारी नचलाउना आग्रह गरेको र सचेतना मुलक कर्यक्रम हरु संचालन गरेको बताउनु भयो, डिएसपी तिवारीले पर्बत मा सबै यातायात ब्यबसाई यात्रु सवारी चालक सबै सिक्षित भयको ले सहायता कक्ष मा कुनै गुनासा आउने छैनन् भन्नेमा आफु बिस्वस्त रहेको पनि बताउनु भयो ।

यस्तै कार्यक्रम मा जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाट ले ट्राफिक प्रहरी सवारी दुर्घटना कम गर्न सधै लागिपरेको र चाडबाड को बेला मा अझै चनाखो रहेको बताउदै कुनै त्यस्तो समस्या भयमा यात्रु सहायता कक्षमा तुरुन्तै खबर गरेर सहयोग गर्न सबैमा अनुरोध गर्नु भयो ,रानाभाट ले सवारी चालक ले सवारी चलाउदा मदिरा सेबन नगर्न सिट क्षमता भन्दा बढी यात्रु राखेर सवारी नचलाउन समेत आग्रह गर्नु भयो कार्यक्रममा यातायात ब्यबसायी ,प्रहरी ,जनप्रतिनिधि ,सवारी चालक ,पत्रकार लगायत को उपस्थिति रहेको थियो ।