१० पर्वत, असोज । देश भर बलात्कारका घटना बढिरहेको बेला पर्वतमा अर्को घटना घटेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार पर्वतको कुश्मा नगरपालिका वडा न २ खुर्कोटमा एक युवती माथि जवरजस्ती बलातकार प्रयास भएको उजुरीका आाधारमा एक युवकलाई प्रहरीले पक्राउृ गरेको छ । पक्राउ परेका युवालाई जवरजस्ती करणी उद्योग अभियोगमा मुद्धा समेत दर्ता गरिएको छ ।
आफ्नै घरमा सुतिरहेकी युवतीलाई घरको भित्ता र खम्बा हुँदै वारदलीमा गएर जवरजस्ती गर्न खोजेको आरोपमा कुश्मा २ खुर्कोटका २० बर्षिया विनोद नेपाली पक्राउ परेका हुन । उनले १३ बर्षिया बालिका माथि यौन जन्य क्रियाकलाप गरेको बताईन्छ । प्रहरीले दिएको जानकारी अनुसार भदौ २७ गतेको घटेको हो ।
तीज पर्वको दिन घटेको घटना जानकारी हुँदा साथ प्रहरीले अभियुक्त नेपालीलाई खोजी गर्दा असोज ८ गते नेपाली नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । तिवारीका अनुसार नेपालीलाई असोज ९ गते नेपालीलाई जवरजस्ती करणी कसुर अपराधमा जिल्ला अदालतमा मुद्धा दायर गरि थप अनुसन्धान भईरहेको छ ।
यसै वीच जिल्ला प्रहरी कार्यालय पर्वतले भने महिला तथा बालिका हिंसा कम गर्न शुन्य सहिनशिलता अपनाएको प्रहरी प्रमुख तिवारीले बताए । गाउँ र वस्ती स्तरमा कानूनी प्रावधान र कसुर सजायका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन समेत प्रहरीले गरिरहेको छ ।




