२ साउन, पर्वत । अविरल बर्षाका कारण पहिरोले घर बगाउँदा पर्वतको जलजला गाउँपालिका वडा न ८ मा ६ जना सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
बर्षातका कारण लस्ति बजारको बेरनेटामा बम बहादुर परियारको ढुंगा माटोले बनेको एक तले कच्चि घर पहिरोले बगाएको छ । घर बगाउँदा परिायारको १६ बर्षिया छोरा विकास परियार सम्पर्क विहिन भएका छन ।
यसैगरी सोहि स्थानमा पहिरोले ४ वटा घर वगाएको छ । घर बगाएसंगै उक्त स्थानमा थप ५ जना मानिस सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रविन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।
सम्पर्क विहिन हुनेहरुको विवरण भने प्राप्त भईनसकेको प्रहरीको भनाई छ । पहिरोको थप जोखिम रहेको उक्त स्थानबाट जोखिम रहेका १६ परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । पहिरो गएको स्थान मालढ्ुंगा–वेनी सडक खण्ड नजिक पर्छ ।
सडक खण्डका विभिन्न ठाउँमा पहिरो समेत गएका कारण घटनास्थलको पुरा विवरण अझै प्राप्त भईनसकेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
यसैगरी पहिरोका कारण जलजला गाउँपािलकाको वडा न ७ धाइरिङ बास्कोटका भिमलाल आचार्यको घर पहिरोले भत्काएको छ । घर भत्किदा परिवारका ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको उपचार भईरहेको र थप विवरण प्राप्त भईनसकेको प्रहरीको भर्नाइ छ ।
फाइल तस्विर




