२ साउन, पर्वत । पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ । जहरे खोलाले बगाउँदा पर्वतका कुस्मा नगरपालिका ११ का ६० बर्षिय मनिराम बिकको मृत्यु भएको हो ।
कुस्मा नगरपालिका ११ र १४ नम्बर वडाको बिचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा बिकलाई खोलाले बगाएको हो । घर फर्कदै गर्दा खोला तर्न पसेका बिकको शब १ सय मिटर तल भेटिएको स्थानियबासी सुरेन्द्र गौतमले जानकारी दिए ।
उनको मादक पर्दाथ सेवन गरेर खोला तर्न पसेको बुझिएको छ । खोलाले बगाएको स्थान नजिकै झोलुङ्गे पुल छ । पुल नतरी खोलामाा तर्न खोजेका कारण दुर्घटना भएको हो ।




