३२ असार, पर्वत । सामुदायिक वन उपभोक्ता महासंघ फेकोफन पर्वत शाखाको पाँचौं अधिवेशन सम्पन्न भएको छ । शाखाको पाँचौं अधिवेशनले कबिता वि.क.को अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ । उपाध्यक्षमा धनमाया थापा, सचिवमा गणेश पौडेल र कोषाध्यक्षमा दिपक आचार्यलाई सर्वसम्मत निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा जिवन उच्चै, परशुराम सुवेदी, जमुना आचार्य, बिर बहादुर राना, भगवती केसी, कुमार सुवेदी, लक्ष्मी पौडेल, केशर पन्त, हेमा तमु, शोभा भुषाल लगायत रहेका छन् ।
यस्तै अधिबेशनले लेखा समितिको संयोजकमा अनिल मास्केलाई चयन गरेको छ । यसअघी सामुदायिक वन उपभोक्ता महासंघ फेकोफन पर्वत शाखाको पाँचौं अधिवेशनको उद्घाटन शत्रमा फेकोफन पर्वतका अध्यक्ष किसोर सापकोटाले सांगठनिक तथा प्रगती प्रतिबेदन पेश गरेका थिए भने कोषध्यक्ष शेषराज रेग्मीले आर्थिक प्रतिबेदन पेश गरेका थिए ।
साथै उद्घाटन शत्रको कार्यक्रममा सामुदायीक बन उपभोक्ता महासघका पुर्व केन्द्रिय सदस्य खुम प्रसाद सुवेदीले सामुदायीक वनमा आइपर्ने समस्याहरुलाई निराकरण गर्न यस संस्थाले महत्वपुर्ण भुमिका खेलेको चर्चा गरेका थिए ।
जिवन उच्चैको संञ्चालनमा भएको उद्घाटन शत्रको अध्यक्षता किसोर सापकोटा र स्वागत शेषराज रेग्मीले गरेका थिए ।




