२९ असार, पर्वत । रोटरी क्लब अफ पर्वतको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । निर्वतमान अध्यक्ष विप्लब हमालले अध्यक्ष सावित्रि खत्रीलाई पद हस्तान्तरण गरेका हुन । पद हस्तान्तरण गर्दै अध्यक्ष हमालले सामाजिक क्षेत्रमा क्रियाशिल रोटरी क्बलले आगामी दिनमा अझै धेरै सामाजिक सहयोगकका कामहरु गर्ने बताए ।
उनले आफ्नो कार्य कालमा भएका कामहरुको समिक्षा प्रस्तुत गर्दै आगामी दिनमा पनि क्लबका गतिविधिहरुले सामाजिक क्षेत्रमा अतुलनीय सहयोग पुग्ने विश्वास गरे । युवा ब्यवसायी हमालको १ बर्षे रोटरी क्लब अफ पर्वतको कार्यकाल पुरा भएको छ ।
क्लबको वैठकले नयाँ अध्यक्षका लागि खत्रीलाई चयन गरेको हो । खत्री सामाजिक संस्था नेस्डो नेपालमा कार्यरत छिन । कार्यक्रममा हमालले खत्रीलाई औपचारिक रुपमा पद हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष विश्व प्रसाई, पूर्व अध्यक्ष गणेश पौडेल लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।




