७ जेठ, पर्वत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतको मकै जोन परियोजना मुडिकुवाले अनुदानमा वितरण गरेको कुटनी– पिसानी मिल नगरपालिकाले वितरण गरेको मिलको मुल्य भन्दा ४ हजारले बढि देखिएको छ ।
फलेवास नगरपालिकाले ११ वटा कुटनी पिसनी मिलको प्रति मिल पचास प्रतिशत अनुदानमा वितरण गर्दा १९ हजार रुपैयाँमा वितरण गरेको थियो । जोन ईकाई कार्यालय मुडिकुवाले अनुदानमा वितरण गरेको २१ वटा मिलको २३ हजार रुपैयाँ वितरण गरेको खुल्न आएको छ ।
जोन क्षेत्रका कृषकहरुलाई वितरण गरिएको कुटनी पिसनी मिलको मुल्य ४६ हजार पर्न गएकोमा कृषकलाई अनुदानमा दिदाँ २३ हजार रुपैयाँ पर्न गएको जोन ईकाई कार्यालयका सूचना अधिकारी हेम शर्मा तिवारीले बताउनु भयो । यता फलेवास नगरपालिकाले नगरपालिका भित्रका किसानलाई कृषि यान्त्रिकीकरण एवं औजार वितरण कार्यक्रम अन्र्तगत ३८ हजार मुल्यमा कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गर्दा प्रति किसानलाई १९ हजार रुपैयाँमा ११ वटा मिल वितरण गरेको फलेवास नगरपालिका कृषि शाखाका अधिकृत नारायण पौडेलले बताउनु भयो ।
नगरपािलका र मकै जोन ईकाई कार्यालयले खरीद गरेको जिएमसी कम्पनीको मिलको मुल्यमा फरक पर्न गएपछि किसानहरु मर्कामा परेका छन् । किसानहरुलाई नगरपालिकाले अनुदानमा वितरण गरेको मिल र जोन कार्यालयले वितरण गरेको प्रति मिलमा चारहजार रुपैयाँ बढी पर्न गएको स्थानीय किसानले गुनासो गरेका छन् ।
फलेवास नगरपालिका ४ मुडिकुवाका वडा अध्यक्ष टिकाराम गौडेलले जोन ईकाइ कार्यालयले जनप्रतिनिधी सँग समन्वय नगरि आफु खुशी वितरण गरेको भन्दै आक्रोस व्यक्त गर्नुभयो । उहाँले किसानहरुको गुनासो आईरहेको बताउादै सत्यतथ्य छानविन गर्ने बताउनु भयो ।
फलेवास नगरपालिका मेयर पदमपाणी शर्माले मकैजोन ईकाईले कृषकलाई वितरण गरेको अनुदानमा चर्को गुनासो आएको बताउँदै कृषक र जोन ईकाई सँग छलफल गरिने बताउनु भयो । फलेवास नगरपालिको थापाथाना, शंकरपोखरी मुडिकुवा खानीगाउँ, ठानामौला, लिमिठानाका किसानलाई समेटेर कुटनी पिसनी मिल वितरण गरिएको थियो ।