२३ वैशाख, पर्वत । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले फलेवास नगरपालिकाका शिक्षकहरुका लागि प्रदान गरिएको इएमआइ तालिम सम्पन्न भएको छ । तालिममा १ सय ८३ शिक्षकहरु सहभागी थिए । उनीहरुलाई शनिवार नगरपालिकाले सिकाई उपलब्धिको मापन गर्न परिक्षा लिएको छ ।
गत माघ ३ ग तेबाट सञ्चालन भएको तालिम वैशाख १४ गतेसम्म सञ्चालन भएको थियो । तालिममा सहभागीहरुलाई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्नका लागि अंग्रेजी माध्यमको सिकाई उपलब्धिलाई कसरी ब्यवस्थित गराउन सकिन्छ भन्ने विषयमा तालिम प्रदान गरिएको थियो ।
तालिममा ११ वटा वडाका ५७ विद्यालयका शिक्षक सहभागी एि । उनीहरुलाई अध्ययन अध्यापनमा सहजताका लागि अंग्रेजी भाषको कक्षा सञ्चालन विधिको बारेमा ज्ञान अभिबृद्धि गरिएको नगरपालिकाका प्रमुख पदमपाणी शर्माले जानकारी दिए ।
शर्माका अनुसार नगरपालिकाले नगर क्षेत्रका सवै विद्यालयमा चालु शैक्षिक शत्र देखि अंग्रेजी माध्यमको कक्षा सञ्चालन गरेको छ । अंग्रेजी माध्यममा अध्यापन नहुँदा शहर र बजार केन्द्रित नीजि विद्यालयहरुमा विद्यार्थीहरुको आकर्षण बढेकाले सामुदायिक विद्यालयहरुमा नै अंग्रेजी माध्यमको अध्यापनलाई अनिवार्य गरिएको शर्माले जानकारी दिए ।
२ सय ३० घण्टे लामो उक्त तालिम लिएपछि सवै शिक्षक दक्ष रुपमा अंग्रेजी माध्यममा अध्यापन गराउन सक्षम रहेको शर्माले ठोकुवा गरे । ‘तालिममा कुन शिक्षकले कतिसम्म सिकाई उपलब्धि हासिल गरयो भनेर हामीले सिकाई उपलब्धि मापन गरेका हौ’ शर्मा भन्छन–‘अध्यापनमा कमजोर शिक्षकलाई पुर्नः तालिम वा अन्य ब्यवस्था गर्नेछौं ।’
‘अवको १० बर्षमा सवै विद्यालयमा सवै कक्षामा गुणस्तरीय शिक्षा र अंग्रेजी माध्यमको अध्यापन हुनेछ’ निकै महत्वकाक्षी योजना बनाएका शर्माले जिल्लामा नवितम ढङगले अंग्रेजी माध्यमको अध्यापन विधिलाई अगाडि बढाएका हुन ।




