Print

एकै दिनमा पछि हटे सिन्डिकेटधारी व्यवसायी, अाजबाट यातायात सुचारू (विज्ञप्तीसहित)

२२ वैशाख, काठमाण्डौं ।  हिजाे शुक्रबार यातायात सेवा ठप्प पारेर अान्दाेलनमा उत्रिएका सिन्डिकेट पक्षधर यातायात व्यवसायी पछि हटेका छन् । हिजाे यातायात नचल्दा शास्ती खेपेका सर्वसाधारण पनि अाज बिहानै काठमाडाैंका सडकमा फाट्टफुट्ट सार्वजनिक सवारी चलेकाे देख्दा अचम्ममा पनि परे, किनभने व्यवसायीले २७ गतेसम्म हड्ताल भनेका थिए । तर सरकार अाक्रामक रूपमा प्रस्तुत भएपछि एकैदिनमा उनीहरू अाफ्नाे निर्णयबाट पछि हटेका हुन् ।

सिन्डिकेटको पक्ष लिएर देशभर गाडी थन्क्याएका व्यवसायीमाथि सरकारले धरपकड र हस्तक्षेप बढाएकाे थियाे । यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले शुक्रबारै देशभरको यातायात सुचारु गर्न सम्पुर्ण समितिहरुलाई आह्वान गरेका थिए । अाज शनिबारबाटै यातायात सेवा सुचारू भइरहेकाे छ ।

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले शनिबारबाटै देशभरको यातायात सुचारु गर्न सम्पुर्ण समितिहरुलाई आह्वान गरेका छन् । कर्माचार्यले शनिबारको मितिमा शुक्ररबार विज्ञप्ती निकालेर देशभर गाडीहरु ग्यारेजमा थन्क्याई उत्रिएको आन्दोलनमा साथ दिएको भन्दै यात्रु र सर्वसाधरणलाई पनि धन्यवाद दिइएको छ । साथै यातायात क्षेत्रकाे पछिल्लाे विवादकाे समाधान सरकारसँगकाे वार्ताबाट गर्ने समेत विज्ञप्तीमा जनाइएकाे छ ।

हेर्नुहाेस् अाजकाे मितिमा हिजाे राति नै सार्वजनिक भएकाे विज्ञप्ती :