१६ फागुन, पर्वत । आजबाट कुश्मामा दशौ महिला महोत्सवको शुरुवात हुँदैछ ।
रेडियो दिदिवहिनीले श्रमिक महिला दिवस र रेडियोको स्थापना दिवसको अवसर पारेर उक्त महोत्सवको आयोजना गरेको हो ।
महोत्सव आगामी फागुन २६ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा १ सय १० ब्यापारी स्टल राखिएका छन भने रमाइलो मेला र सांस्कृतिक कार्यक्रमहरुको समेत प्रस्तुती रहेन आयोजकले जनाएको छ ।
महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगीताको समेत कार्यक्रममा आयोजना गरिएको छ ।
विभिन्न प्रतियोगीताहरु सहित सम्पन्न उक्त महोत्सव उद्घाटनका लागि आज पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कुश्मा आउने कार्यक्रम रहेको छ ।
फाइल तस्विर




