१६ फागुन, पर्वत । दशौ महिला महोत्सवको अवसरमा आयोजीत रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन ।
कुश्माको बान्द्रेवीडि चौरमा आजबाट शुरु हुने महोत्सवको अवसर पारेर मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
रक्तदानको कार्यक्रमको शुभारम्भ गर्दै प्रतिनिधि सभा सदस्यले रगत जस्तो संवेदनशिल र मूल्यवान वस्तु दान गरेर पुन्य कमाउने कार्य निकै सराहनीय भएको बताएका थिए ।
स्थानीय रिताकेसी भण्डारीले रगत दान दिएर शुभारम्भ भएको कार्यक्रममा २५ जनाले रगत दान गरेका हुन । महोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।
आजबाट कुश्माको बान्द्रेवीडि चौरमा हुने महोत्सवको उद्घाटनका लागि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल आउँदैछन ।
राष्ट्रिय महिला भलिबल प्रतियोगीताको समेत कार्यक्रममा आयोजना गरिएको छ ।




