Print

महिला महोत्सवको तयारी अन्तिम चरणमा, १ सय १० स्टल बुकिङ

१४ फागुन, पर्वत । आगामी फागुन १६ देखि २६ गतेसम्म पर्वतको कुश्मामा सञ्चालन हुने दशौ महिला महोत्सवको तयारी  अन्तिम चरणमा पुगेको छ ।

महोत्सव स्थल कुश्माको बान्द्रेवीडि चौरमा १ सय १० वटा स्टल निर्माण भएका छन ।

रमाइलो मेलाको निर्माण कार्य भईरहेको छ । महोत्सवमा स्टलको बुकिङ गर्ने ब्यपारीको संख्या धेरै भए पनि स्थल अभावमा स्टल ब्यवसायीले स्टल पाएका छैनन ।

रेडियो दिदिवहिनीले आयोजना गरेको उक्त महोसव ११ दिनसम्म सञ्चालन हुनेछ ।

महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगीताको समेत आयोजना गरिएको छ ।

महिला स्टेशन म्यानेजरलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको महोत्सवमा झण्डै १ करोडको कारोबार र ५० हजार दशर्कले अवलोकन गर्ने महोत्सव मुल आयोजक समितिकी अध्यक्ष समेत रहेकी रेडियोकी अध्यक्ष चापागाईले जानकारी दिइन ।

महोत्सवमा निशुल्क आँखा शिविरको समेत आयोजना गरिएको छ ।

कलाकारहरुको सांस्कृतिक प्रस्तुतीसंगै महिलाहरुवीच प्रतिस्पर्धात्मक प्रतियोगीताहरुको समेत आयोजना गरिएको अध्यक्ष चापागाईले जानकारी दिईन ।
महोत्सवको उद्घाटनका लागि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल आउने कार्यक्रम तय गरिएको छ ।