१४ फागुन, पर्वत । दशौ महिला महोत्सवको पूर्व सन्ध्यामा पर्वतको कुश्मा बजारमा सरसफाई गरिएको छ ।
रेडियो दिदिवहिनीद्धारा आयोजना गरिएको महिला महोत्सवको पूर्वसध्यामा बजार सरसफाई गरिएको हो ।
कुश्मा नगरपालिका र रेडियो दिदिवहिनीको आयोजनामा उक्त सरसफाई कार्यक्रम सञ्चालन गरिएको थियो ।
महोत्सव स्थल कुश्माको बान्द्रेवीडि चौर देखि शिवालय मावि, धनेश्वर चोक, मैत्री, चोक, प्रगति चोक, लोकतन्त्र चोक, दुर्लुङ चोक, साँझा चोक हुँदै सरसफाई अभियान शिवालय चोकसम्म पुगेर समापन गरिएको थियो ।
आगामी फागुन १६ देखि २६ गतेसम्म आयोजना गरिएको उक्त महोत्सवको अवसरमा सरसफाई कार्यक्रम आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक कल्पना चापागाईले जानकारी दिईन ।
उनी रेडियोकी अध्यक्ष पनि हुन ।
चापागाईले महिलाहरुको दक्षतालाई थप अभिबृद्धि गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएकाले सवैको सहयोग, साथ र समर्थन हुनु जरुरी रहेको बताईन ।
सरसफाई कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, सुरक्षा निकायका प्रमुखहरु, उद्योग बाणिज्य सघका पदाधिकारी, पत्रकार तथा स्थानीयको सहभागीता रहेको थियो ।
महोत्सव उद्घाटनका लागि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल १६ गते कुश्मा आउने कार्यक्रम रहेको छ ।
११ दिनसम्म सञ्चालन हुने महोत्सवमा रमाइलो मेलाका साथै राष्ट्रिय महिला भलिबल प्रतियोगीताको समेत आायोजना गरिएको छ ।




