१३ फागुन, पर्वत । जिल्लाको कुश्मा बजार स्थित बान्द्रेवीडि चौरको भिरमा आगो लागेको छ ।
साँझबाट एक्कासी लागेको आगो नियन्त्रणको प्रयास भईरहे पनि आगो नियन्त्रणमा आएको छैन । सुख्खायाम भएकाले आगोले उग्र रुप लिँदै गएको छ ।
आगो नियन्त्रणका लागि कुश्मा नगरपालिकाको दमकल प्रयोग गरिएको छ । दमकलले पानी हालीरहेपनि आगो नियन्त्रणमा नआएको स्थानीयबासीले बताएका छन ।
जिल्ला वन कार्यालय नजिकैको भिरमा लागेको आगोले नजिकको बस्तीमा असर गर्नसक्ने भन्दै प्रहरी परिचालन गरिएको छ ।
डडेलोका कारण बर्षेनी ठूलो मात्रामा बनजंगलको क्षति हुँदै आएको छ । आगलागी भएको स्थान कुश्मा नगरपालिका वडा न ६ मा पर्छ ।




