Print

धर्म संरक्षणमा ब्यवसायीको अग्रसरता, बटुकलाई सम्मान

८ माघ, पर्वत । श्रीपञ्चमी अर्थात सरस्वती पूजाको दिन सोमवार सरस्वतीको पूजा, धुप धुवाँर गरेर विद्यार्थीहरुले पूजा गरिरहेका थिए ।

विद्यालयहरुमा धुमधामका साथ पूजाका कार्यक्रम भैरहेको थियो । तर यहाँका एक व्यवसायी भने वटुकहरुको पूजा गर्दै गर्दा भेटिए ।

ओम दक्षिणामकाली क्रसर उद्योग लस्तीका सञ्चालक विप्लव हमालले क्रसरको काम सबै रोकेर वटुकहरुलाई पूजाआजा गरेर टिका लगाईरहेका थिए । उनले वटुकहरुलाई भोजन पनि गराए ।

अरु वेला क्रसरका मेशिनले हल्लाखल्ला हुने उनको उद्योग आज सुनसान थियो ।

फरक दृश्य देखेर हेर्नेहरुको भिड पनि वाक्लो थियो ।

मुक्तिनाथ वेद वेदाङ्ग विद्याआश्रममा अध्यायनरत बटुकहरुलाई उनले पुजेर सन्तुष्ट वनाएका हुन् ।

आत्माको पूजा गरेर मात्रै पुण्य आर्जन गर्न सकिन्छ भन्ने सन्देश दिन उनले त्यसो गरेको वताए । व्यवसायी मात्रै नभएर जिल्लाका विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेका उनी धर्मकर्ममा पनि उत्तिकै रुची राख्छन ।

‘धार्मिक ग्रन्थहरुको वारेमा मलाई त्यतिधेरै ज्ञान छैन उनी भन्छन्,‘ कसैको आत्मालाई सन्तुष्ट वनाउनु नै धर्म हो भन्ने मैले वुझेको छु । त्यसैले वटुकहरुको पूजा गरेर उहाँहरुको आत्मालाई सन्तुष्ट पार्ने काम गरेँ ।‘

हमालले गुरुकुल शिक्षाको सम्मान गर्नुपर्छ भन्ने मान्यता राख्ने गरेको वताए  ।

लोप हुँदै गएको संस्कृत शिक्षा र सरकारी निकायको ध्यानमा नपरेको गुरुकुल आश्रमका वालवालिहरुलाई उद्योगमा उपस्थित गराएर उनिहरुलाई भोजन गराइ पर्व मनाइएको हमालले वताए ।

‘संस्कृत शिक्षाको जगेर्ना गर्न र वावु बाजेले थलेको गुरुकुल शिक्षाको महत्व दर्शाउन गुरुकुलका बटुकहरुलाई सम्मान सहित भोजन गराएको हुँ, उनले भने ।

पञ्चायत कालमा परिवर्तन ल्याउने शिक्षालय गुरु कुल मात्र रहेको र त्यस पछि मात्र सरकारी शिक्षालय सञ्चालनमा आएको बताउँदै हमालले ऐतिहासिक शिक्षालय बचाउन आश्रम शिक्षाको प्रबर्र्दन गराउन अभियान थालेको पनि वताए ।

कार्यक्रममा विभिन्न १८ जिल्लाका ८० बटुहरुलाई भोजन र नगदले सम्मान गरिएको थियो । वाग्लुङ नगरपालिका ४ मा रहेको मुक्तिनाथ वेदवेदाङग विद्या आश्रममा अध्ययनरत वटुकहरु सम्मानले खुशी भएका छन् ।

आश्रमका सञ्चालक ऋषी प्रपन्नाचार्यले २०४२ सालमा स्थापना गरेपनि सरकारको भन्दा स्थानीयको ७५ प्रतिशत राहत सहयोगमा सञ्चालन हुँदै आएको वताए ।

आचार्यले पर्व विषेशहरुमा आश्रम सञ्चालकहरुले बटुक गुरुहरुलाई सम्मान गर्ने र विभिन्न पुजा आजामा सहभागी गराउने गरेका कारण आश्रम सञ्चालनमा सहज भएको बताए ।- रोशन तिवारी