६ पुस, पर्वत । पहिलो हुने निवार्चित हुने निर्वाचन विधिबाट बामगठबन्धनका ३ जना पर्वतबाट सांसद बनिसकेका छन । निर्वाचित सांसद मध्ये प्रदेशकै दोस्रो उत्कृष्ट मत ल्याएर एमाले जिल्ला अध्यक्ष पदम गिरी प्रतिनिधि सभाको सदस्य बनेका छन । यसैगरी प्रदेश क्षेत्र न १ बाट नेत्रनाथ अधिकारी र क्षेत्र न २ बाट विकास लम्साल पनि सांसद बनिसकेका छन । पहिलो हुने निर्वाचित हुने विधिबाट सांसद चयन भईसकेपछि निर्वाचन आयोगले समानुपातिक विधिबाट निर्वाचित हुने विधिबाट बाँकी सांसदहरुलाई निर्वाचित गर्दैछ । पाटीले प्राप्प्त गरेको मतका आधारमा निर्वाचन आयोगले राजनैतिक दलले आयोगमा बुझाएको बन्द सुचिको नामबाट दलले प्राप्त गरेको मतका आधारमा सांसदहरु निर्वाचित भएको घोषणा गर्नेछ ।
याो वीचमा आयोगले मतपरिणाम र दलले प्राप्त गरेको सिट संख्या तोक्ने गरी तयारी गीरहेको बेला पर्वतबाट को को समानुपातिकबाट सांसद पदमा निर्वाचित हुन्छन भन्ने आम चासोको विषय बनिरहेको छ । मुख्य गरी एमाले, काग्रेस र माओवादी केन्द्रले पर्वतबाट आफ्ना उमेदवारहरुलाई बन्द सुचिमा उठाएका मध्येहरुबाट समानुपातिकबाट सांसद पदमा पुग्ने सम्भावना छ ।
देशको पहिलो ठूलो दल एमालेको तर्फबाट प्रदेश सभाका लागि प्रदेश न ४ बाट बन्द सुचिमा ३ जनाको नाम सुचिकृत छ । जिल्लाबाट जनजाति कोटामा एमालेका केन्द्रिय सदस्य समेत रहेका विजय गुरुङ बन्द सुचिमा छन । यसैगरी दलित महिलाबाट जुनादेवी नेपाली र खस आर्य खुल्ला (अपांगता)बाट अभिबक्ता समेत रहेका भोलानाथ शर्माको नाम बन्द सुचिमा छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन विधिबाट जनजातिको संख्या प्रदेशमा धेरै छ । कुल २१ जना मध्ये १० जना जनजातिका नेताले सांसद पद जितेकाले गुरुङ सम्भावना कम हुनसक्ने आकलन गरिएको छ । उता, महिला र दलितको संख्या पहिलो हुने निर्वाचित हुने विधिबाट नआएका कारण नेपालीको सम्भावना बलियो छ । उनले महिला र दलित दुवै क्षेत्रको प्रतिनिधित्व गर्नेछिन ।
उता नेपाली कांग्रेसबाट पार्टी जिल्ला पूर्व सभापति लालकाजी गुरुङ जनजाति कोटाबाट प्रतिनिधि सभाको बन्द सुचिमा सुचिकृत छन । त्यसैगर जिल्ला सभापति खिमप्रसाद भुषाल पनि खस आर्यको कोटाबाट बन्द सुचिमा परेका छन । दुई मध्ये जनजातिको सख्या प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने विधिबाट थोरै संख्या निर्वाचित भएका कारण गुरुङको सम्भावना बलियो । यसैगरी प्रदेश सभाका लागि जनजाति महिला कोटाबाट ललितकला गुरुङको नाम प्रदेश न ४ मा सुचिकृत छ । महिलाको संख्या ३३ प्रतिशत कम्तीमा प्रदेश सभामा पुराउनु पर्ने बाध्यकारी प्रावधानका कारण गुरुङ प्रदेश सभामा जाने सम्भावना बलियो देखिन्छ ।
उता, माओवादी केन्द्रबाट प्रदेश न ४ मा महिला कोटाबाट मनरुपा सुवेदी र खस आर्य (अपांगता) बाट रुंकाङगत न्यौपानेको नाम सुचिकृत छ । माओवादीको मत संख्या कम आएका कारण थोरै सांसद पाउने भएकाले समानुपातिकमा माओवादी केन्द्रमा भने समस्या देखिएको छ । महिला कोटाबाट सुवेदीको सम्भावना भने बाँकी नै छ ।




