१७ कार्तिक, पर्वत । नेकपा एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका उमेदवार पदम गिरीले निर्वाचनको प्रचार शैलीलाई सभ्य र भद्र बनाउन आग्रह गरेका छन ।
विहिबार उमेदवार दर्ता गर्नुपूर्व प्रेस चौतारी र प्रेस सेन्टरका पत्रकारहरुलाई निर्देशन दिदै अध्यक्ष गिरीले बामपन्थी पत्रकार सधै शालिन र प्रगतिशिल हुनपर्ने भन्दै निर्वाचनका प्रचार सामाग्री उत्पादन प्रसारण गर्दा सभ्यता र पत्रकारिताको मर्मलाई ध्यान दिन आग्रह गरेका हुन । अध्यक्ष गिरीले कार्यक्रममा बोल्दै आगामी निर्वाचनमा स्पष्ट बहुमत बाम गठबन्धनले प्राप्त गर्ने जिकिर समेत गरेका थिए ।
दुई संगठनको संयुक्त बैठकलाई सम्बोधन गर्दै एमालेका केन्द्रिय सदस्य विजय गुरुङले स्पष्ट बहुमत सहितको सरकार निर्माण गर्ने बामगठनन्धको सपना पुरा हुने विश्वास गरे ।
लामो समय देखि कांग्रेसको सरकारले विकास योजनामा ठूलो प्रगति गर्न नसकेको भन्दै नेता गुरुङले विकासबादी शक्तिलाई अव विजय हुने विश्वास ब्यक्त गरे । कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नेत्र अधिकारीले बामएकताले विरोधीहरुमा खैलावैला भएकाले अवको यात्रा आर्थिक सम्बृद्धि बामएकताले नै सम्भव हुने भन्दै प्रचार शैलीलाई सम्बृद्धि यात्रामा लैजान अनुरोध गरेका थिए ।




