२९ भदौ, पर्वत । संघ र प्रदेशको चुनावको मिति नजिकिदै जादा सवै पाटी भित्र उमेदवारका बिषयमा बहस शुरु भएको छ । पर्वत जिल्लामा पनि सवै पार्टीले आफ्नो उमेदवार को बनाउने भन्ने विषयमा आन्तरीक छलफल शुरु गरेको बताईन्छ । मुख्य गरी नेकपा एमाले र कांग्रेस वीच नै चुनावमा प्रतिस्पर्धा हुने भएकाले ति पार्टी भित्र बहस शुरु भएको हो । नेकपा एमाले भित्र संघको निर्वाचनमा उठ्ने गरी केहि नेताहरुको चर्चा शुरु भएको छ । एमालेका पोलिटब्यूरो सदस्य समेत रहेका गणेश प्रसाद तिमिल्सीना, केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेल प्रतिनिधि सभाको लागि बलिया उमेदवार हुन ।
पार्टीको पोलिटब्यूरो सदस्य समेत रहेका तिमिल्सीना जिल्लाका पूर्व सभापति समेत हुन । एमाले भित्र लामो पृष्ठभूमि भएका तिमिल्सीना प्रतिपक्षीसंग दरो गरी मुकाबिला गर्नसक्ने सक्षम नेताको रुपमा परिचित छन । पछिल्लो समय जनप्रतिनिधिको भूमिका नरहँदा पनि जिल्लाको विकासका लागि केन्द्रिय स्तरमा विभिन्न योजनाहरु जिल्लामा भित्राएर विकास प्रेमी नेताको रुपमा चिनिदै गएका तिमिल्सीना एमाले भित्रका आम युवा कार्यकर्ताको रोजाईका नेता हुन । उता, शिक्षण पेशा देखि नै राजनीतिमा सक्रिय पौडेल पार्टी राजनीतिको इतिहासमा लामो इतिहास बोकेर पनि जनप्रनितिनिधिको भूमिका नपाएको नेता हुन । पार्टी कार्यकर्ता वीच सालिन र सरल स्वभावका पौडेललाई एमाले भित्र जनमत प्रभावित गर्नसक्ने बलिया नेताको रुपमा चिनिन्छ । यी दुई नेता मध्ये एकलाई प्रतिनिधि सभाको उमेदवार एमालेले बनाएमा अर्का एक जना भने समानुपातिमा जाने सम्भावना आकल गरिएको ।
यी बाहेक सांसद विकास लम्सालले आफू एक्लो दावेदार रहेको बताउँदै आएपनि उनले सांसदको भूमिकामा रहँदा पार्टी कार्यकर्ता वीचमा खेलेको भूमिका कारण उनी अलोकप्रिय बन्दै गएकाले उनलाई पार्टी छिट्टै विश्वास गर्ने वातावरण छैन । जनमत बढ्ने भन्दा घट्ने गरी उनले सांसद हुँदा भूमिका खेलेको आरोप लाग्दै आएको छ । यद्यपि पौडेल र तिमिल्सीनाको सहानूभुति रहेको खण्डमा भने सांसद लम्साल पनि उमेदवार बन्ने सम्भावना छ ।
उता, प्रदेश सभाको चुुनावका लागि भने क्षेत्र न १ मा अध्यक्ष पदम गिरी नै निश्चित प्रायः देखिएका छन । पृथ्वीनारायण क्याम्पसको स्ववियू निर्वाचनमा सधै अत्याधिक मत ल्याएर विजयी हुँदै विद्यार्थी राजनीतिमा सक्रिय गिरी जिल्लाको अध्यक्ष भएपछि कार्यकर्तामा माझ अझै लोकप्रिय छन । विशेषगरी युवाहरुको आशा र भरोसाका केन्द्रविन्दु बन्न सफल गिरी प्रदेश निर्वाचनमा क्षेत्र न १ मा एमालेको तर्फबाट उमेदावार बन्ने सम्भावना बलियो छ । क्षेत्र न १ बाटै आकाक्षीको रुपमा आउनसक्ने उदय सुवेदी, भक्त कुवंर, गोविन्द पहाडी र याम गुरुङको पनि गिरीलाई पूर्ण समर्थन रहनसक्ने अनुमान गरिएको छ ।
उता, प्रदेश निर्वाचनमा क्षेत्र न २ बाट क्षेत्र न १ मा गिरी भएमा मोती पौडेल उमेदवार हुने सम्भावना छ । पार्टी राजनीतिमा लामो समय जिल्लाको प्रमुख भएर पौडेलले एमालेमा खेलेको भूमिका कारण उनी त्यो क्षेत्रको बलियो दावेदार हुन । माओवादीको युद्धकालमा पार्टी राजनीति धानेर बसेका पौडेललाई पार्टी भित्र सहनशिल र मिजासिलो स्वभावका नेता मानिन्छ । उनी बाहेक त्यो क्षेत्रमा देवेन्द्र पाण्डे, पूर्ण गौतम, सुन्दर भुषालको पनि आकाक्षा देखिन्छ ।
पार्टीको आन्तरीक समिकरण मिलेमा ३ वटै पद जित्न सकिने निश्कर्ष सहित एमाले भित्रका नेताहरु आन्तरीक गृहकार्यमा जुटेका छन । स्थानीय तहको निर्वाचनमा जिल्लामा पहिलो पार्टी बनेको एमालेले इतिहासलाई कायम राख्दै आगामी निर्वाचन जित्ने दाउमा छ ।




