एउटा चाइनीज रेष्टुरेन्टमा मृतकका भाइ ओम जीसीसँग विवाद गरेपछि साहुले तीनदिन अगाडि अर्जुनलाई कामबाट निकालिदिएका थिए । मंगलबार राति करिब ११:४५ बजे क्याम्पो पेकिनोको सडकमा सँगै रहेका दाजुभाइमाथि अन्धाधुन्ध चक्कु प्रहार गरिएको थियो ।
३८ वर्षीय ओम जीसी पनि आक्रमणमा सिकिस्त घाइते भएका थिए । उनको टाउकोमा चार टाँका लगाइएको गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगल निवर्तमान अध्यक्ष भीम केसीले नमस्ते नेपाली डट कमलाई बताए । उनको देब्रे आखामा पनि चोट लागेर निलो भएको छ । उपचारपछि उनी आजै सान्ता मारिया अस्पतालबाट डिस्चार्ज भएका छन् । भाँडा सफा गर्ने काम गुमाएको झोकमा बदलास्वरुप आक्रमण गरेको ओम जीसीले बताएका छन् ।
साविक मल्लाज गाविसका हरिबहादुर जिसी पांच बर्षअघि पोर्तुगल आएका हुन । कानुन बिषयमा स्नातक गरेका जिसी आर्थिक समस्याका कारण केही समय बेल्जियम बसेर पोर्तुगल आएका थिए ।
नाबालिका छोरीको शिक्षाका लागि सहयोग :
पोर्तुगलमा घटेको यो दुखद घटनाबारे संसारभरका नेपालीहरुले चासो देखाएका छन् । जीसीको मृत्युपछि परिवारको अवस्था बिचल्ली हुने भएको छ । परिवारलाई सहयोग गर्न प्रस्ताव पनि आइसकेका छन् । यसबारेमा परिवारसँगको छलफलपछि जानकारी गराइनेछ । निवर्तमान अध्यक्ष केसीका अनुसार, एनआरएन इटालीका आइसीसी सदस्य कुमार श्रेष्ठले मृतकका नाबालिका छोरीको शिक्षा दीक्षाका लागि ५०० युरो उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । योगेन्द्रमिलन छन्त्याल




