Print

कालीगण्डकी नदीमा भेटिएको महिलाको शवलाई डिएनए परिक्षण गर्न काठमाण्डौं पठाउने तयारी

पर्वत १९ भदौ । जिल्लाको कुश्मा नगरपालिका वडा न १ मालढुंगामा भेटिएको शवलाई डिएन परिक्षणको लागि काठमाण्डौं पठाउने तयारी भएको छ ।

दुई हप्ता देखि वेपत्ता कुश्माबजारकी लक्ष्मी गिरीको शव हो या होइन भन्ने यकिन हुन नसकेको भन्दै गिरीको परिवारसंगको सहमतीमा प्रहरीले शव डिएनएको लागि काठमाण्डौं पठाउने तयारी भएको प्रहरी निरिक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

लामो समय देखि सडेको शव भएका कारण शवको पहिचान गर्न समस्या परेको लामिछानेले जानकारी दिए । प्रक्रिया पुरा गरेर शवलाई डिएनए परिक्षणको लागि काठमाण्डौं पठाइने प्रहरीले जनाएकोछ ।