पर्वत १९ भदौ । पर्वत जिल्लाको कुश्मा नगरपालिका १ पाङमा फेला परेको मृत शिशुको हत्या भएको भन्दै प्रहरीले दुई जना उपर मुद्धा दर्ता गराएको छ । कुश्मा नगरपालिका –१ पाङ सिधालीमा पुरुष जातीको नवजात शिशुको मृत शव फेला परेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले नियन्त्रणमा लिएका कुश्मा नगरपालिका –३ बस्ने वर्ष २५ को दुर्गा वि.क. कुश्मा नगरपालिका – १ बस्ने अन्दाजी वर्ष १८ की अम्विका कँंडेललाई शिशु हत्याको आरोपमा मुद्दा दर्ता गरिएको प्रहरी निरिक्षक लिलाराज लामिछानेले जानकारी दिए ।




