१८ भदौ, पर्वत । त्यति बेला माओवादीको शसस्त्र युद्ध चलिरहेको थियो । विद्यार्थी आन्दोलन प्रायः सुस्ताएको थियो । राजाको प्रत्यक्ष शासन भएकाले राजनैतिक गतिविधि आफैमा सुस्ताएका पनि थिए । त्यहि बेला अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनिएनको तर्फबाट विद्यार्थी आन्दोलनमा सक्रिय कुश्मा नगरपालिका ७ का सुवास पौडेल परिश्रमी विद्यार्थीहरु वीच जागरणमुखी कार्यक्रम सञ्चालन गर्दै हिड्थे । दोस्रो जनआन्दोलनको समाप्तिसंगै देशले युद्धलाई विश्रान्ती दियो । उनको यात्रा स्नातक तहको अध्ययनमा पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा जोडियो । देशमा शान्ति आएपछि उनले सक्रिय विद्यार्थी आन्दोलनको अवसर पनि पाए ।
क्याम्पसमा अध्ययनकै बेला उनी क्याम्पसको प्रारम्भिक कमिटि हुँदै जिल्ला अध्यक्ष समेत भए । नेकपा एमाले निकट अनेरास्वीयूले त्यतिबेला विद्यार्थी आन्दोलनमा लिएको उचाईलाई पिछा गर्दै उनी २०६५ सालको स्ववियू निर्वाचनमा गुप्तेश्वर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनिएनको निर्वाचनमा अनेरास्ववीयूको तर्फबाट सभापति पदको उमेदवार बने । बामपन्थी विद्यार्थीहरुको उपस्थितीलाई कमजोर बनाउन प्रतिपक्षी नेपाल विद्यार्थी संघले निर्वाचन लक्षित विद्यार्थीहरु भर्ना गरेको स्मरण गर्दै पौडेल भन्छन–‘चुनाव मेरो लागि आफैमा अग्नि परिक्षा थियो ।’ कठोर यात्राका वीच यात्रा गरेका उनलाई अन्य बाम संगठनको भने समर्थन थियो । निर्वाचनका सवै खालका ब्यवधान छिचोलेका उनले नेपाल विद्यार्थी संघका उमेदवारलाई भारी मतान्तरले पछि पार्दै विजयी हासिल गरे सभापति पदमा ।
जिल्लाको सदरमुकाममा रहेको क्याम्पस लामो समय देखि प्रजातान्त्रिक धारको संगठनको नियन्त्रणमा थियो । उनी भन्छन–‘ठूलो जंगार तर्दै थिए ।’ सभापति बाहेकका सवै पद बामथपन्थी मोर्चाले गुमायो । एक सदस्य मात्र बाममोर्चाले विजयी गरे । २०७३ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा विजयी भएका पौडेलले भने–‘क्याम्पस ब्यवस्थापन समिति र निर्वाचन मण्डलमा कांग्रेसको बर्चश्व भएकाले मलाई बुख्याँचा बनाईयो ।’ प्रजातान्त्रिक समूहले सभापति नजितेका कारण कांग्रेस निकट ब्यवस्थापन समितिले पौडेल नेतृत्वको विजयी समूहलाई प्रमाणपत्र पनि दिएन पदभार पनि गराएन ।
राजनैतिक इतिहासमा आफ्नो सफलताका कथाहरु सुनाउँदै उनले भने–‘म पैसा, धाक धम्किबाट नभई विद्यार्थीको मायाबाट निर्वाचित भएको थिए ।’ मलाई मतदान गर्ने विद्यार्थीको मतको कदर गरिएन । तिनै सुवासले फेरी प्रजातान्त्रिक समूहलाई झण्डै १ दशक पछि हराउँदै कुश्मा नगरपालिका वडा न ७ को वडा अध्यक्षमा विजयी शुरुवात गरे । स्थानीय चुनावमा कांग्रेसको निकै ठूलो गढ मानिएको वडा न ७ मा उनी नेकपा एमालेको सूर्य चिन्ह्का उमेदवार बन्दै निर्वाचन जित्न सफल भए । कुश्मा नगरपालिकामा उनीसंगै एमालेका बहुमत सदस्यले निर्वाचन जितेका छन । निर्वाचनमा प्रमुख र उपप्रमुख भने कांग्रेस निकट उमेदवारले जितेका छन ।
एमालेको कुश्मा नगरपालिकामा स्पष्ट बहुमत छ । कांग्रेसको बहुमत भएको संस्थामा बुख्याँचा बनेका पौडेलले सहमती र सहकार्यका साथ नगर विकास योजनाहरु प्रस्तुत गरेको भएपनि अल्पमतको कांग्रेस नेतृत्वले एक्लौटि निर्णय गर्न खोजेको प्रति रोष ब्यक्त गर्छन । ‘म बदलाको भावनामा ओतप्रोत छैन ।’ उनी भन्छन ‘तर जनताको अभिमतका सधै कांग्रेस किन अपमान गर्छ ?’
नगरकार्यपालिकामा भएको अल्पमतका कारण कांग्रेस कुश्मा नगरपालिकामा कमजोर छ । कार्य सञ्चालन निर्देशिकामा भने अल्पमतको निर्णय अन्तिम निर्णय गर्नुपर्ने अडानमा छ कांग्रेस ।
विद्यार्थी राजनीतिमा देखि पार्टी राजनीतिको जिम्मेवारी हुँदै जनप्रतिनिधि बनेका पौडेलकै नेतृत्वमा नगरपालिकामा बार्ताहरु भईरहेपनि निकाश निस्कन नसकेको प्रति उनले अचम्म ब्यक्त गरेका छन । यतिवेला राजनैतिक नेतृत्व वीच दोहोरी चलेको छ । एमालेले अल्पमतको कांग्रेसले बढि भूमिका खोजेको आरोप लगाएको छ भने कांग्रेसले बहुमतको आडमा नगरपालिकामा एमाले हस्तक्षेप भएको दावी गरेको छ । पौडेलले भने हैसियत अनुसार राजनैतिक दलको भूमिका हुनुपर्नेमा आफू स्पष्ट रहेको बताएका छन ।
राजनीतिक इतिहासमा कांग्रेस आफू कमजोर भएपनि ठूलो भाग खोज्ने गरेको सुनाउँदै उनले जनमतको कदर गर्नु नै सच्चा लोकतन्त्र भएको बताउँछन । ‘सधै म जनता प्रति सम्मान गर्छु’ उनी भन्छन–‘जनताको माया मैले त्यहि भएर पाइरहेको छु ।’ नगरकार्यपालिकामा कान्छो उमेर भईकन पनि पौडेलले राजनैतिक रुपमा बलियो गरी एजेण्डा उपर छलफल गरीरहेका छन ।




