Print

पर्वतमा भुकम्प पीडितको ८ लाख ५० हजार रुपैया फिर्ता

१३ साउन, पर्वत ।  पर्बतका भूकम्प पीडितको घर निर्माणका लागि आएको रकम मध्ये ८ लाख ५० हजार रुपैया खर्च हुन नसकेर फिर्ता भएको छ । २०७२ सालको विनाशकारी भुकम्पले भत्काएको घर निर्माणका लागि आएको रकम फिर्ता भएको हो । पर्वतका २३ सय ३९ घर पुर्ण क्षती भएको भएपनि भुकम्पकमा परी पर्बतमा ९ हजार ५ सय १३ घरहरुधरीमा आँशिक क्षती पुगेको थियो ।

पर्बतमा पहिलो किस्ता बापत आएको कुल रकम २० करोड ४४ लाख मध्ये पहिलो किस्ता रकम ४ हजार ७१ घरपरिबारलाई बितरण भएको हो । जिल्ला समबन्य समिति पर्बतका लेखापाल र्धुब्र सुबेदिका अनुसार पहिलो किस्ता बापतको ५० हजार रुपैया ४ हजार ७१ घरधुरीलाई वितरण गरिएपनि बाकि रहेको ८ लाख ५० हजार रुपैया खर्च हुन नसकेर फिर्ता भएको हो । अहिले फिर्ता भएको रकम पहिलो किस्ताको निकासाको लागि आएको रकम हो ।

पहिलो किस्ताकै रकम खर्च हुन नसकेर फिर्ता भएपछि दोस्रो किस्ता पाउनको लागि अनिवार्य घरको जग हालेको हुनुपर्ने भएसंगै दोस्रो किस्ताको रकम वितरणमा समेत प्रभाब पर्ने देखिएको छ । भूकम्पप्रभावित ३१ जिल्लामध्ये सरकारको सुचीमा पर्वत १९ औं स्थानमा समावेश छ । –सुबास लामिछाने