Print

सांसद विकास कोष मार्फत जिल्लाका सञ्चार गृहलाई कम्युटर र ल्यावटव वितरण

१३ साउन, पर्वत । सांसद विकास कोषको रकमबाट पर्वतका सञ्चारगृहहरुका लागि कम्युटर तथा ल्यावटव वितरण गरिएको छ । नेकपा एमालेको तर्फबाट समानुपातिक तर्फकी सांसद कल्पना चापागाईले उक्त सामाग्री वितरण गरेकी हुन । चापागाईले जिल्लाका ६ सञ्चार गृहलाई कम्प्युटर हस्तान्तरण गरिन ।

बुधबार रेडियो दिदिवहिनीको कार्यालयमा चापागाईले सामाग्री हस्तान्तरण गरेकी हुन । रेडियो पर्वत, कालिगण्डकी टेलिभिजन,कालीगण्डकी दैनिक र धौलागिरी पोष्ट दैनिकलाई एक/एक थान कम्प्युटर प्रदान गरिएको थियो । त्यस्तै रेडियो कुशुम र सहारा न्युज दैनिकलाई एक÷एक थान ल्यापटब हस्तान्तरण गरीएको हो ।

कार्यक्रममा बोल्दै चापागाईले सञ्चार गृहको संरक्षण, सम्बद्र्धन गर्नु राज्यको दायित्व भएको भन्दै सञ्चार क्षेत्रलाई सहयोग स्वरुप आफूले उक्त सामाग्रीहरु प्रदान गरेको बताईन । उनले गत बर्ष पनि सञ्चार क्षेत्रलाई रकम विनियोजन गरेकी थिइन । यस बर्ष सांसद विकास कोषको ५० लाखबाट चापागाईले ४ लाख रुपैंया सञ्चार क्षेत्रका लागि विनियोजन गरेकी थिइन ।

कम्प्युटर हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका योजना अधिकृत रविन अधिकारी, नेपाल पत्रकार महासंघ पर्वतका सचिव गणेश गिरी तथा पूर्व अध्यक्ष दुर्गाप्रसाद शर्माले धन्यवाद ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन रेडियो दिदिवहिनीका समाचार प्रमुख विष्णु गौतमले गरेकी थिइन ।