२५ असार, पर्वत । जिल्लाको कलाकारिता क्षेत्रलाई प्रवद्र्धनका लागि पर्वत कलाकार समाज गठन भएको छ । आइतबार काठमाण्डौंमा आयोजीत एक भेलाले कलाकार कस्तुप पन्तको अध्यक्षतामा एक तदर्थ समिति गठन गरेको हो । २३ सदस्यीय समितिको बरिष्ठ उपाध्यक्षमा कुलेन्द्र विश्वकर्मा र उपाध्यक्षमा याम क्षेत्री रहेका छन ।
यसैगरी समाजको महासचिवमा कृष्ण समिप सुवेदी, सचिवमा प्रह्लाद सुवेदी र कोषाध्यक्षमा कुमार केसी रहेको नवनिर्वाचित अध्यक्ष पन्तले जानकारी दिए । अध्यक्ष पन्त जिल्लाको फलेवास नगरपालिकाको लिमिठानाका स्थायी बासिन्दा हुन । लोक र आधुनिक गीतका विधामा श्रोताहरु माझ उत्कृष्ट कोसेली पस्कन सफल पन्त राजधानीमा सारथी म्युजिक नामक कम्पनी मार्फत सांगेतिक क्षेत्रमा ब्यस्त छन ।
निर्वाचित अध्यक्ष पन्तले जिल्लाको सांस्कृतिक र सांगेतिक इतिहासलाई देश र विदेशमा चिनाउनका लागि समाजको तर्फबाट पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन । समाज औपचारिक रुपमा गठन भएको केहि महिना भित्रै वैधानिक रुपमा दर्ता र आवद्ध हुने गरी योजना बनाएको छ ।




