२६ असार, मुस्ताङ । जिल्ला कर्मचारी व्यवस्थापन समितिले जिल्लामा कार्यरत १५ कर्मचारीलाई ५ स्थानीयतहमा जिम्मेवारी संम्हाल्ने गरि आईतवार देखि काजमा खटाएको छ । स्थानीय तह प्रशासनिक संगठन तथा कर्मचारी व्यवस्थापन संम्वन्धि आदेश २०७४ अनुसार गठित जिल्ला कर्मचारी व्यवस्थापन समितिको शुक्रवार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कर्मचारीलाई काजमा खटाउँने निर्णय गरेको हो ।
यसअघि प्रमूख जिल्ला अधिकारी सिडिओ रामचन्द्र पौडेल संयोजक, स्थानीय बिकास अधिकारी बन्धु प्रसाद बास्तोला र कोलनिका कार्यालयका प्रमूख सदस्य रहेको ३ सदस्यीय कर्मचारी व्यवस्थापन समिति बनेको हो ।समितिले दालोमे गाउँपालिकामा ४,घरपझोङ गाउँपालिकामा ३, लोमान्थाङ गाउँपालिकामा ३, थासाङ गाउँपालिकामा ३ र बाह्गाउँ मूक्तिक्षेत्र गाउँपालिकामा २ कर्मचारी खटाएको हो । दालोमे गाउँपालिकाका लागि शितोष्ण बागवानी बिकास केन्द्र मार्फामा कार्यरत ना.सु. ख्याम नारायाण पौडेल, खो.अ.सु.सातौ राजुरमण न्यौपाने, मालपोत कार्यालय धर्मेन्द्र कुमार यादब र भू—संरक्षण कार्यालय अर्जुन तेली छन् । लोमान्थाङ गाउँपालिकामा हे.अ.अ. छैटौ रामचन्द्र ओझा,स्वास्थ्य ना.सु. बिकास थापामगर र जिल्ला शिक्षा कार्यालय प्राबिधिक सहायक सोभित शाह खटिएका हुँन् ।
त्यस्तै,घरपझोङ गाउँपालिकामा जनस्वास्थ्य अधिकृत सातौ स्वास्थ्यका राम बहादुर नेपाली,खानेपानी ना.सु. टिकाराम न्यौपाने र थासाङ गाउँपालिकाबाट घरपझोङमा नर बहादुर पून खटिएका छन् ।थासाङ गाउँपालिकाका लागि खरिदार जिल्ला हुलाक झक बहादुर थापा,अ.न.मी.सातौ स्वास्थ्य करुणा अर्याल र महिला तथा वालवालिका कार्यालयका तुलसी पाईजालाई खटाईएको छ भने बाह् गाउँ मूक्तिक्षेत्र गाउँपालिकामा शितोष्ण बागबानी बिकास केन्द्रका खरिदार सोभाकान्त सुबेदी र हे.अ.अ.छैटौ केशरीदेवी भट्टराई छन् ।
समितिले गाउँपालिकामा खटाईएका कर्मचारी मध्ये स्वास्थ्यका ६,शितोषण बागबानी बिकासका २ , भु—संरक्षण कार्यालय, मालपोत, हुलाक, शिक्षा, खानेपानी, महिला तथा वालवालिका र थासाङबाट १—१ जनालाई जिम्मेवारी तोकिएको स्थानीय बिकास अधिकारी बन्धु प्रसाद बाँस्तोलाले जानकारी दिए । – सुन्दर कुमार थकाली




