Print

दलित हक अधिकार तथा सशक्तिकरण सम्वन्धि दुई दिने प्रशिक्षण शुरु

२४ असार, मुस्ताङ । मुस्ताङका उत्पिडित दलित समूदायलाई नेपालको कानुन तथा संम्विधानले व्यवस्था गरेको दलित अधिकार तथा सशक्तिकरण क्षमता अभिबृद्धि संम्वन्धि दुई दिने प्रशिक्षण जोमसोममा सुरु भएको छ । जिल्ला समन्वय समितिले शनिवार आयोजना गरेको कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमूख अतिथि दलित अधिकारकर्मी तथा पत्रकार भीम बहादुर रसाईलीले दलितका कतिपय अधिकार अझै सुनिश्चित नभएको जिकिर गरे ।

उनले सरकारले दलित समूदायलाई मिठाई दिएर थम्थम्याउन खोजेको आरोप लगाउँदै अधिकारका लागि दलित समूदाय एकताबद्ध शसक्त आवाज बुलन्द गर्ने बेला आएको बताए ।‘राज्यले दलितलाई अधिकारको प्रत्याभुति गर्न खोजिए पनि त्यो पर्याप्त छैन’रसाईलीले भने‘दलितलाई सधै रैती संम्झने सामाजिक सोचमा परिवर्तन आउन जरुरी छ ।

त्यसैले संम्बिधान र कानुनले निर्देश गरेका दलित अधिकार सुनिश्चित नभएसम्म दलित अधिकार कुरा चौतारीको गफमा ठहर्छ ।’ जिल्ला समन्वय समितिकी सोभा पूनले राज्यले प्रत्याभुुति गरेका अधिकार र सशक्तिकरणबारे जानकारी गराउन उद्दश्यले कार्यक्रम आयोजना भएको उल्लेख गरिन् ।नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष सुक बहादुर बि.क.ले राज्यले दलितलाई केही अधिकार पस्किएको भएपनि त्यो पर्याप्त नभएको बताए ।

उनले दलित अधिकार संम्बधानमा मात्र सुनिश्चित भएर नपूग्ने भन्दै बि. क.ले त्यसका लागि दलित बर्ग निर्णायक तह सम्म पुग्न जरुरी भएको उल्लेख गरे । गाउँपालिका सदस्यद्धय जैकला बि.क. र दुर्गादेवी रसाईलीले दलित बर्ग आफैमा व्यवहारमा रुपान्तर नभए सम्म अधिकार कुरा सुनिश्चित नहुने तर्क गरे ।उनीहरुले समाजमा अझै पनि दलितलाई दाश प्रबृद्धिको रुपमा हेर्ने गरेको बताउँदै अब दलित समूदाय दाश प्रबृद्धिबाट मूक्त हुन जरुरी रहेको उल्लेख गरे ।

सो अवसरमा दलित मूक्तिमोर्चाका धिरेन्द्र बि.क. र ओमकार नेपालीले दलित अधिकारका बिषयमा बोलेका थिए । शनिवार देखि सूरु भएको दुई दिने प्रशिक्षणको दलित अधिकारकर्मी पत्रकार भीम बहादुर रसाईलीले सहजीकरण गर्ने भएका हुँन् । प्रशिक्षणमा मुस्ताङ जिल्लाका ५ वटै स्थानीयतहका करिव ८० जना दलित सदस्यहरुले सहभागिता जनाएका छन् । दलित अधिकारकर्मी ओमकार नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन हिक्मत नेपालीले गरेका थिए । –सुन्दर कुमार थकाली