२२ असार, पर्वत । कुस्मा नगरपालिका १ पाङ घर भई कुश्मा नगरपालिका ९ कटुवा चौपारी स्थित आईबल एकेडेमी बोडिङ स्कुलमा पढाउँदै आएका शिक्षक नारायण पौडेलको शब परिक्षण पछि परिवारलाई बुझाउने तयारी भईरहेको छ ।
गत जेठ २४ गतेदेखि वेपत्ता भएका पौडेलको शव १५ दिनपछि कालीगण्डकी नदीको किनारमा भेटिएको थियो । विद्यालयमा पढाउँदै गर्दा विद्यार्थीलाई कारवाही गरेको भन्दै विद्यालयले पौडेलमाथि कारवाही गरेको बताईएको छ । कारवाहीपछि वेपत्ता भएका पौडेलको शव १५ कालीगण्डकी नदीको किनारमा फेला परेको थियो ।
नदी किनारमा भेटिएको शव पहिचान गर्न सक्ने अवस्था नभएपछि मृतक भनिएका पौडेलको शव पहिचानका लागि प्रहरीले केन्द्रीय विधी विज्ञान प्रयोगशालामा डिएनए परिक्षण र काठमाण्डौ स्थित शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि पठाईएको थियो ।डिएनए परिक्षण गर्दा लाश पोडेलको नै भएको पुष्टि भएको पर्वतका प्रहरी नायव उपरिक्षक शेखर खनालले जानकारी दिनुभयो ।
पोष्टमार्टम रिपोर्ट अनुसार उनको मृत्यू घाँटिमा लागेको चोटको कारण भएको भन्ने अनुसन्धानबाट मात्र खुल्ने उहाँले बताउनुभयो । घटनाको अनुसन्धानका लागि ३ जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको र केही दिनमा यथार्थ खुल्ने खनालले बताउनुभयो । २५ गतेदेखि सम्पर्क बीहिन बनेका पौडेलको शव असार ७ गते बाग्लुङ्गको जैमिनी गाउँपालिकाको बेल बगरमा फेला परेको थियो । शवको अवस्था हेर्दा घाँटीमा गहिरो चोट लागेको थियो भने पानीका कारण फुलेको शरिरका अधिकांस ठाउँमा पोलेको जस्तो राता काला धव्बा रहेका थिए ।
२० वर्षिय शिक्षक पौडेलले घटना मितिसम्ममा २२ दिन मात्रै पढाएका थिए । कक्षा परिक्षामा अनुत्तीर्ण भएपछि एक जना विद्यार्थीलाई हातमा लठ्ठीले हिर्काएको र १ विद्यार्थीलार्ई ५ सय पटक उठबस बनाएको भन्दै अभिभावकले शिक्षकमाथि कारवाहीको माग गरेका थिए ।
अभिभावकले कारवाही गर्न आग्रह गरेपछि शिक्षक पौडेललाई विद्यालय प्रशासनले अवदेखि पढाउन नआउनु भनि बिदा गरेको प्रिन्सीपल बिमल पौडेलले बताएका छन् । २४ गते बुधवार विद्यालयमा विद्यार्थीलाई कारवाहीको घटना घटेको थियो । विद्यार्थी पिटेको घटना अभिभावकहरुले थाहा पाएपछि कारवाहीको माग गरेको विद्यालय प्रशासनल बताएको छ । २५गते अभिभावकहरुसँग विद्यालय मै बसेर छलफल गर्ने गरि विद्यालयले बैठक आयोजना गरेको थियो । बैठक सुरु हुने समयसम्म पनि शिक्षक पौडेल उपस्थित नभएपछि उनलाई विद्यालय प्रशसन र अभिभावकले फोन गरेर छिटो आउन आग्रह गरेको बुझिएको प्रहरीले समेत बताएको छ ।
सोही दिन छलफल गर्ने भनिएपछि शिक्षक पौडेल उपस्थित नभएको बताईएको छ । शिक्षक नारायण पौडेल कुस्मा स्थित शिवालय उच्च माध्यामिक विद्यालयमा १२ कक्षा पढ्ने विद्यार्थी हुन् । उनी मेलमिलाप चोक स्थित डेरा गरि बस्थे । पौडेलको डेराको अवस्था हेर्दा खाना पाकिरहेको थियो भने तरकारी पकाउन तयार पारिएको प्रहरीले भेटेको थियो । कोठाका सबै ओढ्ने ओच्छाउने कपडा प्याक गरिएको थियो । पौडेलले लगाउने कपडाहरु भिजाएर राखिएको थियो ।




