Print

अन्ततः यसरी अन्त्य भयो जलजला गाउँपालिकाको केन्द्र विवाद

२२ असार, पर्वत । जिल्लाको उत्तरी–पश्चिममा पर्ने जलजला गाउँपालिकाको विवाद अन्ततः टुंगीएको छ । विहिबार भएको गाउँ सभाको वैठकमा सामान्य बहुमतको आधारमा जलजला गाउँपालिका वडा न ४ लामाखेतमा केन्द्र तोकिएपछि विवादको अन्त्य भएको हो ।

साविकको माझफाट गाविको कार्यालय रहेको स्थानमा गाउँपालिकाको केन्द्र हुने गरी पुर्नसंरचना आयोगले निर्णय गरेपछि उत्पन्न भएको विवाद निर्वाचन पछिका जनप्रतिनिधिहरुले समाधान गरेका हुन ।

विहिबार मतदानद्धारा विवाद समाधान भएको बताईएको छ । विवादपछि एक पक्षले जिपिएसका आधारमा केन्द्र तोक्न भन्दै बहुमत सदस्यको हस्ताक्षर संकलन गरेका थिए भने अर्को पक्षले पुर्नसंरचना आयोगले तोकेकै स्थानमा केन्द्र रहन अडान राख्दै आएका थिए ।