२२ असार, पर्वत । नेकपा एमाले जलजला गाउँसंगठन कमिटि वडा न ४ को आयोजनामा दधिराम सुवेदीको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सभामा बोल्दै एमाले अध्यक्ष पदम गिरीले सुवेदीको राजनैतिक जीवनको चर्चा गर्दै समाज परिर्वतनमा सुवेदीले देखेको सपना सवै मिलेर पुरा गर्नुपर्ने बताए । साविकको माझफाँट गाविसको उप सचिवको जिम्मेवारी सम्हाल्लेका सुवेदी माझफाँटका विभिन्न संघ संस्थाहरुमा आवद्ध रही सामाजिक अभियान्तको रुपमा चिनिएका थिए ।
६३ बर्षको उमेरमा घरमै मृत्यु भएका सृवेदीले राजनीति मार्फत समाज परिर्वतनको बाटोमा हिड्न अलम्बन गर्दै गर्दा मृत्यु भएको भन्दै अध्यक्ष गिरीले कम्युनिष्ट आन्दोलनमा सुवेदीको महत्वपूर्ण योगदानको कदर समेत गरेका थिए ।
कार्यक्रममा एमाले पर्वतका प्रचार विभाग प्रमुख लालबहादुर अधिकारी, जिल्ला कमिटिका पुर्व उप सचिव उदय सुवेदी, सचिवालय सदस्य तुंगनाथ पौडेल, माओवादी केन्द्रका धनपति सुवेदी, भवानी प्राविका प्रअ सोमबहादुर जिसी, वेनी प्राविका हिराबहादुर जिसी, मृतकका दाई धनबहादुर सुवेदी र छोरा रामकृष्ण सुवेदी लगाएतले सुवेदीको योगदानका चर्चा गरेका थिए ।
वडा न ४ का संयोजक टेकबहादुर जिसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।




