१९ असार, पर्वत । पोखरा–बागलुङ राजमार्गको चौडा ६१ मिटरको बनाउने तयारी हुन थालेपछि सडक किनारका स्थानीयले त्यसको विरोध गरेका छन । सरकारले मध्य पहाडी लोकमार्गको रुपमा विकसित गरिदै उक्त सडकको चौडा बढाउने गरी तयारी गरेपछि सडक किनारका स्थानीयले विरोध गरेका हुन ।
विरोध स्वरुप सोमबार कुश्मा नगरपालिका मार्फत ध्यानाकर्षण पत्र बुझाएका छन । सडक चौडा बनाएपछि सडक केन्द्र भागबाट २५/२५ मिटर र सेन्ट ब्याग डिस्टेन्स ६ मिटरको हुने गरी सडक विस्तार हुने सडक डिभिजन कार्यालयले जनाएको छ ।
यस्तो छ ध्यानाकर्षण पत्र





