Print

बाढि र पहिरोका कारण पर्वतमा मृत्यु हुनेको संख्या ५ पुग्यो (मृतकको नामावली सहित )

१९ असार, पर्वत । बाढि र पहिरोका कारण पर्वतमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुने मध्ये ३ जना महाशिला गाउँपालिकाका छन उनीहरुलाई पहिरोले पुरेको थियो भने एक जना कुश्मा नगरपालिकाका छन उनलाई चिन्ने खोलाले बगाएको हो ।

उता, पैयू गाउँपालिकाका एक जना बालकलाई भने स्याङजाको अधेरी खोलाले बगाएको हो ।

मृतकको नामावली

१) तिर्थबहादुर मल्ल (महाशिला होश्राङदी)
२) बेलकुमारी मल्ल (महाशिला होश्राङदी)
३) यामकुमारी मल्ल (महाशिला होश्राङदी)
४) गोपि विक (कुश्मा नगरपालिका कटुवाचौपारी)
५) मदन भुर्तेल (पैयू गाउँपालिका त्रिवेणी)