१९ असार, पर्वत । कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध भत्काएपछि प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सेतीबेणीमा रहेको बिश्वकै सबैभन्दा ठुलो शालिग्राम शिला परिक्रमा गर्न समस्या भएको छ । कालीगण्डकी ए जलबिद्युत केन्द्रको जलासयका कारण डुबानमा परेको शिलामा परिक्रमका लागि बनाएको तटबन्ध दुई बर्ष अघि आएको बाढीले भत्काएपछि मर्मत नहुँदा तीर्थालुले शिलाको परिक्रमा गर्न सकेका नसकेका हुन । शिलालाई परिक्रमा नगरे सम्म मनोकामना पुरा नहुने जनबिश्वास रहिआएको छ ।
पर्वत, स्याङ्गजा र गुल्मीको सिमानामा पर्ने शालिग्राम शिला यस क्षेत्रकै महत्वपुर्ण धार्मिक र पर्यटकीय स्थल हो । तीन जिल्ला बाहेक, बागलुङ्ग, पाल्पा देखि मुलुकका अन्य स्थानबाट समेत ठुलो संख्यामा दर्शनार्थी र पर्यटक आउँछन तर शिला परिक्रमा गर्न नपाउँदा निरासभएर फर्कने गरेको स्थानियबासी रबि भट्टराईले बताए ।
शिला परिक्रमा गरि पुजाआजा गरेमा मनोकामना पुरा हुने जनबिश्वास रहेका कारण पनि परिक्रमा गर्न आउँदा आफ्नो तीर्थयात्रा नै अधुरो भएको तीर्थयात्रीको गुनासो रहने गरेको छ । गएको बर्ष बाँसको पुलेसो बनाइएपनि जोखिम भएका कारण यस बर्ष नबनाइएको भट्टराईले बताए । ‘धेरैपटक मर्मतका लागि अनुरोध पनि ग¥यौ’ उनले भने ‘जोखिमपुर्ण अवस्थामा अस्थायी तटबन्ध बनाउँदा जलासयमा यात्रु डुब्ने खतरा भएकाले यसलाई रोकेका छौ’ कालीगण्डकी ए जलबिद्युत केन्द्रले तटबन्ध मर्मत गर्दै आएको थियो तर यसपटक मर्मतका लागि कुँनै चाँसो नदिएको गुनासो स्थानियबासीले गरेका छन ।
केन्द्रको जलासयले शिला डुबानमा परेपछि परिक्रमा गर्न सहज होस भन्ने उद्देश्यले तटबन्ध बनाइएको थियो । बर्षा याममा जलबिद्युत केन्द्रको बाँधका सबै ढोका खोलिने भएकाले बाढीले तटबन्ध भत्काउने गरेको छ । केन्द्रले नदी तर्फको भागमा बर्षा याममा झिक्न मिल्ने र हिउँदमा राख्ने मिल्ने गरि तटबन्ध राख्नुपर्ने सुझाब स्थानियबासीको छ । फलामका पोल र सिमेन्टका स्लाबहरु निकाल्न मिल्ने गरि बनाउन सकेमा बर्षा याममा भत्काउने र बग्ने समस्या अन्त्य हुने रबि भट्टराईले बताए ।
शुरुमा सिलाको भाग खालि राखेर तटबन्ध बनाउने माग भएपनि जलबिद्युत केन्द्रका प्राबिधीकले हरेक बर्ष मर्मतको रकम आउने र कमिसनको लोभमा परेर अर्कै संरचना बनाएको आरोप पनि स्थानियबासीको छ । शालिग्राम क्षेत्र बिकास समितिका अध्यक्ष तथा पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले तटबन्ध मर्मतका लागि माग भएको र यस बर्षको हिउँदमा जुनसुकै हालतमा पनि मर्मत गरिनुपर्ने बताए । ‘मर्मतका लागि कालीगण्डकी ए जलबिद्युत केन्द्रलाई दबाब दिनुको बिकल्प छैन’ उनले भने ‘जनताको मागको सुनुवाई हुँनैपर्छ ।’- दुर्गाप्रसाद शर्मा





